२९ भाद्र २०८३, सोमबार
,
Latest
संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस नेत्री तथा गीतकार महतलाई पितृशोक



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस महासमिति सदस्य एवं गीतकार विना महतलाई पितृशोक परेको छ । उहाँका पिता नेपाली काँग्रेस झापाका नेता एवं समाजसेवी रामप्रसाद बुढाथोकीको शुक्रबार ८६ वर्षको उमेरमा निधन भएको छ । 

झापाको कमल गाउँपालिका–२ निवासी स्वर्गीय बुढाथोकी झापा जिल्लाका समाजसेवी तथा काँग्रेसका स्थानीय नेता हुनुहुन्थ्यो । विसं २०४८ मा झापाको साविकको तोपगाँछी गाविसका अध्यक्ष रहनुभएका उहाँले जिल्लामा विभिन्न  स्थानमा विद्यालयहरुका साथै विकास निर्माणका तथा कैयौँ सामाजिक कार्य गर्नुभएको थियो । हालको कमल गाउँपालिाकाको काँग्रेस पार्टी कार्यालयका लागि उहाँले जग्गा उपलब्ध गराउनुभएको थियो । 

उहाँको आज वैदिक परम्पराअनुसार गृहजिल्ला झापामा अन्तिम संस्कार गरिएको छ । उहाँको पार्थिव शरीरमा नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नेपाली काँग्रेसको झण्डा ओढाएर पार्टीका तर्फबाट श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । स्वर्गीय बुढाथोकी सहमहामन्त्री डा.महतका ससुरा हुनुहुन्छ । नेपाली काँग्रेसका जिल्ला नेता तथा कार्यकर्ता एवं सुुभेच्छुकहरुले आज उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

स्वर्गीय बुढाथोकीका श्रीमती कृष्णकुमारी बुढाथोकी, जेठी छोरी गीतकार विना महतसहित ३ छोरी र ४ छोरा हुनुहुन्छ ।