काठमाडौं । सभामुख अग्नी सापकोटाले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ९ कि २९ बर्षीया महिलाको कोरोना संक्रमणबाट निधनको खबरले दुःखीत तुल्याएको भन्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्नुभएको छ ।
सभामुख सापकोटाले परिवारजनमा समवेदनाब्यक्त गर्दे सम्बन्धित क्षेत्रमा उच्च सतर्कताका साथ आवश्यक सुरक्षा र परीक्षणको व्यबस्था मिलाइँदै रहेको जानकारी गराउनु भएको छ । उहाँले सतर्कता अपनाउन र संयमित बन्न पनि अनुरोध गर्नुभएको छ । सभामुख सापकोटाको गृह जिल्ला पनि सिन्धुपाल्चोक हो ।