२९ भाद्र २०८३, सोमबार
,
Latest
संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमितको संख्या बढेसँगै भारतमा थपियो लकडाउन अवधि



अ+ अ-

नयाँदिल्ली — महामारीका रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि भन्दै भारत सरकारले जारी राखेको लकडाउनको अवधि ३१ मे सम्म थपेको छ । गृह मन्त्रालयले २४ मार्चदेखि लागू गरेको पछिल्लो लकडाउनलाई थप १४ दिन बढाउने निर्णय गरेको हो ।

गत ४ मे देखि गरिएको तेस्रो चरणको लकडाउनको अवधि आजै आइतबार पूरा भएको छ । विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमितको संख्यामा वृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न राज्यका मुख्यमन्त्रीसँग लकडाउन थप्ने वा नथप्ने विषयमा भिडियो कन्फरेन्समार्फत् सुझाव लिनु भएको थियो । धेरैजसो मुख्यमन्त्रीहरुले संक्रमणको जोखिम कम नभएको हुँदा आर्थिक गतिविधिलाई क्रमशः खुकुलो बनाउँदै लकडाउनलाई निरन्तता दिनुपर्ने सुझाव दिएका थिए ।

सोमबारदेखि सुरु हुने चौथो चरणको लकडाउनको स्वरुप भने तय हुनै बाँकी छ । भारतीय संचार माध्यमहरुले कोरोनाबाट सर्वाधिक प्रभावित राज्य र जिल्लालाई पूर्ण रुपमा लकडाउनमा राख्ने र बाँकी क्षेत्रमा उद्योग, व्यवसाय, यातायात खोल्न दिने बताएका छन् । यस सहजीकरणका साथै भारतभर आन्तरिक उडानहरु निश्चित शर्तसहित खुला गर्ने बारेमा पनि केन्द्र सरकारले निर्णय लिने बताइएको छ ।

भारतमा एकै दिन झण्डै पाँच हजार कोरोना संक्रमित देखिएपछि भारत सरकार दबाबमा परेको हो । भारतमा हाल ९० हजारभन्दा बढी संक्रमित पुगिसकेका छन् भने झण्डै २९ सयको मृत्यु भइसकेको छ । (एजेन्सी)