२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा थप तीन जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९५ पुग्यो



अ+ अ-

विराटनगर । नेपालमा थप तिन जना कोरोना संक्रमित भेटिएका छन् । आइतबार विराटनगरमा दुई जना र धनकुटाका एक जनामा कोरोना देखिएको हो ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा धनकुटाको ३४ वर्षीय महिला, विराटनगरका ३५ वर्षीय पुरुष र २९ वर्षीय महिलामा कोरोना देखिएको हो ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । तीमध्ये १७ जना उपचारपछि निको भएका छन् ।

अहिलेसम्म नेपालभर संक्रमितको संख्या २९५ पुगेको छ भने दुई जनाको मृत्यु भएको छ ।