काठमाडौं । सरकारले जेठ २० गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ। आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउन
थप्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठकले लकडाउनका कारण संक्रमण नियन्त्रणमा सहयोग पुगेको निश्कर्ष निकाल्दै दुई साता लकडाउनको अवधि थप्ने निर्णय गरेको हो ।
बैठकले आपूर्ति व्यवस्थालाई भने सहज बनाउने निर्णय गरेको छ।