काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलल विवादित विधेयकहरु संसदमा नल्याउन सरकारसँग आग्रह गर्नुभएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । भूमि विधेयक, मिडिया काउन्सिल विधेयक, संघीय निजामति विधेयक तथा मुलुकी संहितासम्बन्धी विधेयक विवादास्पद रहेको उल्लेख गर्दै यस्ता प्रस्तावले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि षड्यन्त्र हुने उहाँको भनाइ छ । उहाँले सहिदको बलिदानबाट प्राप्त व्यवस्थामाथि छलछाम र षड्यन्त्र गर्न नहुने भन्दै राष्ट्रिय अनुसन्धान विभागसम्बन्धी विधेयकमा फोन, म्यासेज र संवाद ट्यापिङको व्यवस्था नागरिकको गोपनीयतामाथि गम्भीर आघात हुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘भूमि विधेयक विवादमा पर्यो । मिडिया काउन्सिल विधेयक पनि त्यस्तै छ । संघीय निजामति विधेयकको त कुरै न गरौं । फेरि मुलुकि संहितासम्बन्धित विवादित भएर ल्याइँदैछ भन्ने सूचना आएको छ । सहिदको बलिदानमा लत्पतिएर आएको संघीय लोकतान्त्रिक गणतन्त्रमाथि धोका, छलछाम र षड्यन्त्र गर्न पाइदैन सभामुख महोदय । नागरिकको गोपनीयतामाथि गम्भीर आधघात पुग्नेगरी फोन कल, म्यासेज, संवादलाई समेत ट्यापिङ हुनेगरी आउन लागिएको राष्ट्रिय अनुसन्धा विभागसम्बन्धी विधेयक किल ल्याउन खोजिएको सम्माननीय सभामुख महोदय । यस्ता खालका विवादित नल्याउनका लागि सरकारसमक्ष हार्दिक अनुरोध गर्न चाहन्छु ।’
उहाँले कानून निर्माणमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।










