२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो

कैलाली कारागार घटनामा छानविन गर्न समिति गठन

कैलाली कारागार घटनामा छानविन गर्न समिति गठन
अ अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कैलाली कारागारमा साउन २२ गते भएको घटनाको छानविन गर्न समिति बनाइएको बताउनुभएको छ ।

बुधवार कानून, न्याय तथा मानव अधिकार समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सहायक प्रम्ुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति बनाइएको बताउनु भयो ।

छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि सो आधारमा दोषीमाथि कानूनी कारबाही गर्ने र समितिको प्रतिवेदनअनुसार अरु कार्यहरु गर्ने गरी समिति बनाइएको बताउनु भयो । समितिले आफ्नो अवधिभित्र प्रतिवेदन दिने बताउनु भयो । कैलाली कारागारमा भएको झडपमा एक कैदीबन्दीको मृत्यु भएको र ४८ जना घाइते भएको बताउनु भयो । अस्पतालले रिफर गरेका तीन जनालाई काठमाडौं ल्याइ दुई जनाको ट्रमा सेन्टर र एक जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो । बाँकी ४ जना सेती प्रादेशिक अस्पतालमा उपचारपछि डिस्चार्ज भएर सुरक्षा जोखिम नहुने कारागारमा पठाइएको बताउनु भयो । बाँकी ४१ जना हाल सेती प्रादेशिक अस्पतालमा उपचाररत रहनुभएको बताउनु भयो ।

मृतक बन्दीको शव आवश्यक कानूनी प्रक्रिया पूरा गरी परिवारको जिम्मा दिइसकेको पनि बताउनु भयो । कैलाली कारागारमा पुरुष ब्लक ए र ब्लक बी गरी दुई वटामा ६ सय ४३ जना पुरुष र महिला एउटा ब्लक सीमा ४७ जना महिला गरी ७ सय जना बन्दी रहेको बताउनु भयो । साउन २२ गते राति दुई वटा ब्लक छुट्याउने पर्खाल तोडफोड गरी ब्लक भत्काएर कैदीबन्दीहरु ब्लक बीमा पुगेर त्यहाँका बन्दीहरुलाई कुटपिट गरेको घटना विवरणबाट खुलेको बताउनु भयो । कारागरामा बन्दीहरुको आन्तरिक द्वन्द्व भएको सूचना आएपछि द्वन्द्वरत समूहहरुको नेतृत्वकर्ताहरु १७ जना अन्यत्र सरुवा गर्ने, कारागार राख्न नहुने वस्तुहरुको भए, नभएको पत्ता लगाउन दुई पटकसम्म विशेष खानतलासी लिने, प्रमुख जिल्ला अधिकारीबाट कारागार निरीक्षण गरी कारागारमा शान्ति सुरक्षा कायम गर्न बन्दीहरुलाई सम्झाउने लगायतका कार्य भएको बताउनु भयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘कैलाली कारागारमा मिति २०८२ साउन २२ गते भएको घटनाको बारेमा जानकारीका लागि बोलाउनु भयो । त्यसको लागि सरकारका तर्फबाट सभापतिज्युमार्फत समितिलाई धन्यवाद भन्न चाहन्छु । कैलाली कारागारमा मिति २०८२ यसै महिनाको २२ गते भएको घटनाका बारेमा संक्षिप्तमा केही भन्छु । धनगढी कारागारमा बन्दीहरुबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । ४८ जना घाइते भएका थिए । सो घटनापछि तत्काल घाइतेलाई अस्पताल लगिएको थियो । अस्पतालले रिफर गरेका तीन जनालाई काठमाडौं ल्याइ दुई जनाको ट्रमा सेन्टर र एक जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बाँकी ४ जना सेती प्रादेशिक अस्पतालमा उपचारपछि डिस्चार्ज भएर सुरक्षा जोखिम नहुने कारागारमा पठाइएका छन् । बाँकी ४१ जना हाल सेती प्रादेशिक अस्पतालमा उपचाररत रहनुभएको छ । मृतक बन्दीको शव आवश्यक कानूनी प्रक्रिया पूरा गरी परिवारको जिम्मा दिइसकेको छ । कैलाली कारागारमा पुरुष ब्लक ए र ब्लक बी गरी दुई वटामा ६ सय ४३ जना पुरुष र महिला एउटा ब्लक सीमा ४७ जना महिला गरी ७ सय जना बन्दी रहेकोमा साउन २२ गते राति दुई वटा ब्लक छुट्याउने पर्खाल तोडफोड गरी ब्लक भत्काएर कैदीबन्दीहरु ब्लक बीमा पुगेर त्यहाँका बन्दीहरुलाई कुटपिट गरेको घटना विवरणबाट खुलेको छ । कारागरामा बन्दीहरुको आन्तरिक द्वन्द्व भएको सूचना आएपछि द्वन्द्वरत समूहहरुको नेतृत्वकर्ताहरु १७ जना अन्यत्र सरुवा गर्ने, कारागार राख्न नहुने वस्तुहरुको भए, नभएको पत्ता लगाउन दुई पटकसम्म विशेष खानतलासी लिने, प्रमुख जिल्ला अधिकारीबाट कारागार निरीक्षण गरी कारागारमा शान्ति सुरक्षा कायम गर्न बन्दीहरुलाई सम्झाउने लगायतका कार्य गरिएको छ ।’

गृहमन्त्री लेखकले कारागारको अहिलेको स्थिति सामान्य रहेको र अहिले कुनै समस्या नरहेको बताउनु भयो । कारागारमा सुरक्षाकर्मी र प्रशासनको सहज पहुँच रहेको बताउनु भयो । आगामी दिनमा दुःखद् घटना हुन नदिने कुराको सुरक्षाबाट प्रत्याभुत गरिएको बताउनु भयो । आवश्यकताअनुसार सुरक्षाकर्मीको उपस्थिति रहेको बताउनु भयो । बन्दीका परिवारसँग भेट गराई बन्दीको अहिलेको स्थितिबारे परिवारलाई जानकारी गराइएको पनि बताउनु भयो । घटनाका बारेमा छानविन गर्न छानविन समिति गठन गरिएको र छानविन समितिको प्रतिवदेन प्राप्त भएपछि दोषीमाथि कानूनी कारबाही हुने बताउनु भयो ।