२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी

उपचारका क्रममा कैदीको मृत्य भएपछि छानबिन समिति गठन

उपचारका क्रममा कैदीको मृत्य भएपछि छानबिन समिति गठन
अ अ+ अ-

वीरगञ्ज, (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले नारायणी अस्पतालमा उपचारका क्रममा  मङ्गलबार कैदीबन्दी राहुल साह तुरहाको मृत्यु भएपछि छानबिन समिति गठन गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको सरोकारवाला निकायको बैठकले घटनाबारे विस्तृत छानबिन गरी १५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन पेस गर्ने गरी पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिको सदस्यमा पर्सा प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक किशोर लम्साल, जनप्रतिनिधि जनदिशसाह तुरहा, मृतकका दाजु मकेशसाह तुरहा, मानवअधिकारकर्मी मनकुमारी लामा, नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल र नेपाल चिकित्सक सङ्घका प्रतिनिधि रहने गरी सात सदस्यीय  छानबिन समिति गठन गरेको हो ।

बैठकले मृतकको शव परीक्षणलगायतका अन्य कानुनी प्रक्रिया अगाडि बढाउने पनि निर्णय गरेको छ । वीरगञ्ज कारागारमा कर्तव्य ज्यान मुद्धा राहुल साह तुरहाको नारायणी अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

वीरगञ्ज कारागारका प्रमुख खिमराज भुसालका अनुसार कारागारमा कर्तव्य ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका कैदी साहको मङ्गलबार विहान छाती दुख्ने र फुल्ने समस्या देखिएपछि उपचारका लागि नारायणी अस्पतालमा पुर्‍याइएको थियो । आफन्तहरुले भने पर्साका प्रजिअले विरामीलाई अन्य अस्पतालमा रेफर गर्नका लागि अनूमति नदिएको आरोप लगाएका छन् ।

कैदीबन्दी तुरहाको मृत्युपछि आक्रोशित आफन्तले नारायणी अस्पताल वरपर टायर बालेर विरोध प्रदर्शन गरेका थिए । पर्सा प्रहरीका सूचना अधिकारी लम्सालले पर्सा प्रहरीले भिड नियन्त्रणका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिनुभयो । साह विसं २०७९ देखि कर्तव्य ज्यानमुद्दामा कैद सजाय भुक्तान गर्दै आइरहेका थिए । रासस