२९ भाद्र २०८३, सोमबार
,
Latest
ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन, दुबईभन्दा भारतबाट आएको भाइरस कडा : प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य देशको भन्दा भारतबाट आएको भाइरस कडा भएको टिप्पणी  गर्नुभएको छ । सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले चीन, दुबईभन्दा भारतबाट कडा भाइरस आएको बताउनु भएको हो ।

सरकारको नीति तथा कार्यक्रमले कोरोना भाइरसको नियन्त्रण र रोकथाम र त्यसपछिको अवस्थालाई सरकारले महत्व नदिएको भन्दै संसदमा कुरा उठेको  भन्दै सरकारले यी सबै विषयमा सरकारको राम्रोसंग आँकलन गरेको बताउनु भयो ।  

कोरोना नियन्त्रण र रोकथामका लागि लकडाउन सबैभन्दा राम्रो उपाय भएको भन्दै प्रधानमन्त्री ओलीले  लकडाउन प्रभावकारी हुँदासम्म अवस्था सहज भएको तर केही नागरिक, जनप्रतिनिधि र सीमा आइपुगेका नागरिकको दवावका कारण केही खुकुलो बनाउँदा बढी फैलिएको बताउनुभयो ।

प्रधानमन्त्री ओली यतिबेला संसदमा आफ्नो भनाइ राख्दै हुनुहुन्छ ।