२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशबाट सबैलाई ह्वारह्वार्ती ल्याएर कसरी थेग्ने ? प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ का कारण विदेशमा रहेका नेपालीहरुलाई उद्दार गर्ने नाममा सबैलाई ह्वारह्वार्ती ल्याएर कसरी थेग्न सकिन्छ भनेका छन् । उनले प्रश्न गरे विदेशमा रहेका नेपालीलाई ल्याउने त हो, हामीले ल्याउनु पनि पर्छ तर पनि यहाँ भनिएजस्तै सबैलाइ अहिल्यै ह्वारह्वार्ती ल्याएर कसरी सक्छ देशले ? यो अमेरिका वा कतारले नेपालमा रहेका आफ्ना १०० नागरिक फिर्ता लगेजस्तो नभएको उनले बताए ।

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘कतारले १०० जना लैजानु र हामीले कतारबाट पौने ४ लाख ल्याउनु एउटै होइन ।’ प्रधानमन्त्री ओलीले आफू र परराष्ट्रमन्त्रीले कतार, यूएई, कुवेत, इजरायल, बहराइनलगायतका सरकार प्रमुख लगायतसँग कुराकानी गरेको र नेपाली नागरिकलाई आफ्नो नागरिक सरह व्यवहार गर्ने वचन दिएको बताए । साथै समस्यामा परेका नेपाली नागरिकहरुलाई कसरी ल्याउने भन्ने हिसावकिताब भइरहेको पनि उनले जानकारी गराए ।

यस विषयमा सरकार गम्भीर छ तर सबैलाई ल्याउने कामको विकल्प अहिलेका लागि खोज्नुपर्ने बेला भएको छ उनले भने ।