२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलवार कुन-कुन जिल्लामा भेटिए २७ जना कोरोना संक्रमित ?



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा ३ सहित देशका विभिन्न जिल्लामा २७ जना नयाँ संक्रमित थपिएका छन् ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ देखि ४२ वर्ष उमेर समूहका २४ जना पुरुष र ३ जना महिलामा संक्रमण देखिएको हो । मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार झापामा ९, मोरङमा १, सुनसरीमा १, सर्लाही २, काठमाडौंमा ३, भक्तपुरमा १, मकवानपुरमा १, रामेछापमा १, ललितपुरमा १, सिन्धुलीमा १, कपिलवस्तुमा ४ र नवलपरासीमा १ जना नयाँ संक्रमित थपिएका हुन् ।  योसँगै नेपालमा संक्रमितको संख्या ४ सय २ पुगेको छ । अहिलेसम्म ३७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

गत २४ घण्टामा २ हजार २ सय ४० सहित अहिलेसम्म पीसीआर विधिबाट ३२ हजार ६ सय ४ जनाको नमुना परीक्षण गरिएको छ । यस्तै गत २४ घण्टामा ५ हजार ८९ सहित अहिलेसम्म ७४ हजार ६ सय ४९ वटा आरडिटी परीक्षण भएका छन् । प्रवक्ता देवकोटाका अनुसार प्रदेश नम्बर १ मा ९ हजार ४ सय ७३, प्रदेश नम्बर २ मा ९ हजार २ सय १६, बागमती प्रदेशमा १३ हजार १ सय ९७ र गण्डकी प्रदेशमा ६ हजार ९ सय ५७ जनाको आरडिटी परीक्षण भएको छ । यस्तै प्रदेश नम्बर ५ मा ९ हजार ३ सय ५३, कर्णाली प्रदेशमा ७ हजार ५ सय ९३ र सुदूरपश्चिम प्रदेशमा १८ हजार ८ सय ७० जनाको आरडिटी परीक्षण भएको छ ।

उपत्यकामा १७ र बाहिर ४ सय ४० जना गरी ४ सय ५७ जना आइसोलेसनमा रहेका छन् । प्रदेश नम्बर १ मा ४०, प्रदेश नम्बर २ मा १ सय ३७ र बागमती प्रदेशमा ७८ (उपत्यका १७ सहित) जना आइसोलेसनमा रहेका छन् । गण्डकी प्रदेशमा २, प्रदेश ५ मा १ सय ८८, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिममा ११ जना आइसोलेसनमा रहेका छन् ।

अहिले देशभरीका क्वारेन्टाइनमा २१ हजार ६ सय २३ जना रहेका छन् । प्रदेश नम्बर १ मा १ हजार १ सय ७८, प्रदेश नम्बर २ मा ३ हजार ४ सय ८१, बागमती प्रदेशमा ३ सय ३२ र गण्डकीमा ३ सय ५९ जना क्वारेन्टाइनमा रहेका छन् । प्रदेश नम्बर ५ मा १३ हजार ६ सय ३८, कर्णाली प्रदेशमा ६ सय ९९ र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय ३६ क्वारेन्टाइनमा रहेका छन् ।

अब कोरोनाको लक्षण नदेखिएपनि शूल्क तिरेर पीसीआर परीक्षण गर्न पाइने भएको छ । स्वइच्छाले पीसीआर परीक्षण गर्न चाहाने व्यक्तिले सार्वजनिक स्वास्थ्य संस्थाहरुमा तोकिएको दररेटमा परीक्षण गराउने नीतिगत व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

सरकारले प्रदेश नम्बर २ र ५ का प्रभावित क्षेत्रलाई केन्द्रीत गरी कम्तिमा १०—१० जना चिकित्सको टोली खटाउने निर्णय पनि गरेको छ ।