२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद आचार्यद्वारा काठमाडाैंमा रहेका रसुवाबासीलाई राहत वितरण



अ+ अ-

काठमाडौं । रसुवाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद मोहन आचार्यले काठमाण्डौमा रहेका रसुवा जिल्लाबासीलाई राहत बितरण गरेका छन् । लकडाउन थपिँदै जाँदा काठमाडौंमा पेसा व्यवसाय गरी बसेका र समस्यामा परेका जिल्लाबासीलाई सांसद आचार्यले राहत बितरण गरेका हुन् ।

सांसद आचार्यले सम्बन्धित गाउँपालिकाका प्रमुख, प्रदेस सभाका सदस्य प्रेम तामाङ , नेपाली कांग्रे पार्टी सभापति पेम्बा छिरीङ तामाङ, महाधिबेशन प्रतिनिनिधि श्याम कुमार गुरूङ, कुमार देबकोटा, दिलबहादुर मोक्तान, ने.बि.संघ सचिब सुनिल पौडेल, रसुवाका कलाकार दावाफिन्जो तामाङ, पार्टी सचिब सोनावाङ्दी तामाङ, नुर्पु तामाङ, फुर्पु तामाङ बद्री आचार्य लगायतका नेता तथा कार्यकर्ताको समन्वयमा काठमाण्डौमा बसिरहेका जिल्लाका ९ सय ३५ परिवारलाई राहत बितरण गरेका हुन् ।

प्रति परिवार २५ के.जी.को जिरा मसिनो चामल १ बोरा, ५ के.जी दाल र १ लिटर तेल प्रदान गरिएको छ । खाद्य सामाग्री लिन छुटेका जिल्लाबासीलाई वितरण गर्ने तयारी भइरहेको उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताए ।


रसुवाका सांसद मोहन आचार्यले लकडाउनबाट समस्यामा परेको जिल्लाबासीलाई निरन्तर सहयोग गर्दै आएका छन् । उनले कोरोना जोखिम न्यूनिकरणका लागि आवश्यक स्वास्थ सामग्रीहरु आफ्नो निजि लगानीमा ठूलो परिमाणमा मास्क, साबुन, सेनिटाईजर, पिपिई सेट, पन्जा लगायतका जनताको घर घर पुगेर तथा सुरक्षा निकाय लाई प्रदान गरेका छन् । भने गरिब तथा विपन्न परिवारका लागि आफु पुग्न नसकेको ठाँउमा समेत सहयोगी मार्फत पुग्ने गरेको छ ।

त्यस्तै सांसद आचार्यको पहलमा उत्तरगया गाउँपालिका प्रमुख उपेन्द्र लम्साल, प्रदेश सभा सदस्य प्रेम तामाङ ,पार्टीका जिल्ला सभापति पेम्बा छिरिङ तामाङ, आमाछोदिङ्गमो गाउँपालिका अध्यक्ष बुचुङ तामाङ, नेपाली कांग्रेस रसुवाका नेता श्याम गुरुङ, नेबिसंघ सचिव सुनिल पौडेल तथा अन्य नेता कार्यकर्ताहरुको समन्वयमा लकडाउनको कारण काठमाडौंमा समस्यामा परेका रसुवाबासी नागरिकहरूलाई यातायात मार्फत काठमाडौंबाट घरसम्म लैजाने व्यवस्था समेत गरेका थिए ।