२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतसँग वार्ताका लागि तयार भएर बसेका छौं- परराष्ट्रमन्त्री ज्ञवाली



अ+ अ-

काठमाडौँ — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भूमि अतिक्रमण र सीमावर्ती मुद्दामा भारतसँग कूटनीतिक संवाद गर्नका लागि नेपाल तत्पर भएर बसेको बताएका छन् । बिहीबार नेपालको नयाँ राजनीतिक–प्रशासनिक नक्सा सार्वजनिक हुनासाथै भारतले यो नक्सालाई ‘अमान्य’ भनेको सन्दर्भमा प्रतिक्रिया जनाउँदै मन्त्री ज्ञवालीले कान्तिपुरसँग भने, ‘हामी वार्ता र संवादको उपायबाट अहिले उब्जिएका समस्या निरुपणमा तत्पर छौं, हामीसँग रहेका सम्पूर्ण प्रमाण र वैज्ञानिक आधारसमेत जुटाएर नयाँ नक्सा प्रकाशित गरिएको हो । भारतसँग द्विपक्षीय संवाद गर्नका लागि प्रत्यक्ष–परोक्ष आग्रह गरिरहेका छौं ।’

‘वार्ताका लागि हामी धेरै अघिदेखि तयार छौं, आग्रहअनुसार भारतसँग वार्ता सुरु भइदिएको भए अहिले अर्कै चरणमा पुगिने थियो होला । वार्ताका लागि मिति पनि प्रस्ताव गरिएकै हो,’ मन्त्री ज्ञवालीले भने, ‘सीमा विवादको पछिल्लो चरणमा भारतले अहिलेको कोरोना संकट हटेपछि वार्तामा बस्ने भनेर जवाफ दिएको हो, तर हामी तत्कालै पनि वार्ताको पक्षमा छौं, हामी तयार भएर बसेका छौं । यो समस्या सुल्झाउनमा संवादभन्दा पर्तिर अर्को उपाय छैन भन्ने मलाई लाग्छ ।’कान्तिपुरमा समाचार छ ।