१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल

राजधानी छिर्ने सबै नाका सिल

राजधानी छिर्ने सबै नाका सिल
अ अ+ अ-

काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाका बिहीबारदेखि सिल गरिएका छन् । लकडाउन अवधिभर अत्यावश्यक कामबाहेक सवारी लिएर वा पैदल आउनेलाई प्रवेश अनुमति नदिने व्यवस्था गर्न उपत्यकाका सबै स्थानीय तहलाई गृह मन्त्रालयले परिपत्रसमेत गरेको छ ।  गृहमन्त्री रामबहादुर थापा बादलसहित काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखको बैठकमा मेयरहरूले उपत्यकालाई तत्कालै सिल गर्न माग गरेका थिए । उनीहरूको माग अनुसार लकडाउन अवधिभर सबै नाकामा जाँच र निगरानीमा थप कडाइ गर्न गृहले दिर्नेशन दिएको हो । अत्यावश्यक कामबाहेक लुकिछिपी प्रवेश गर्नेहरूलाई पनि रोक्न निर्देशन गरिएको छ । 

उपत्यका प्रवेश गर्नैपर्ने अत्यावश्यक काम भएका व्यक्तिले आरडीटी विधिबाट कोरोना भाइरस परीक्षण गरेको रिपोर्ट देखाउनुपर्ने छ । त्यो पनि आफ्नै खर्चमा गर्नुपर्ने गृहले सूचित गरेको छ । यसअघि लकडाउनमा पनि लुकिछिपी उपत्यका प्रवेश गर्नेहरूका कारण कोरोना फैलिएको भन्दै गृहले उनीहरूको खोजी गरी लगत संकलन गर्न पनि स्थानीय तहलाई निर्देशन दिएको छ ।काठमाडौं आउन चाहनेलाई सम्बन्धित जिल्लामै सुरक्षा निकायले विशेष निगरानीका साथ रोक्ने र आगमनमा कडाइ गर्ने व्यवस्था गर्न पनि सम्बन्धित प्रशासनलाई निर्देशन दिएको छ । सबै स्थानीय तह होटेल, पार्टी प्यालेस, सामुदायिक भवन र अन्य सम्भाव्य स्थललाई क्वारेन्टाइन बनाउने गरि लगत संकलन गर्न सुझाएको छ । त्यसमा बस्ने व्यक्तिबाट नै क्वारेन्टाइन खर्च भुक्तानी गर्नेगरी व्यवस्थापनको कार्य अघि बढाउन पनि आग्रह गरेको छ ।

दक्षिणकाली नगरपालिकाका सबै सेवा बन्द

कोरोना परीक्षणका क्रममा केही व्यक्तिको आरडिटी पोजिटिभ देखिएपछि दक्षिणकाली नगरपालिकाले कार्यालय बन्द गर्ने निर्णय गरेको छ । अर्को निर्णय नभएसम्म नगरपालिका, वडा कार्यालय, वडा नम्बर ५ को शेषनारायण स्वास्थ्य चौकी र मनमोहन स्मृति सामुदायिक अस्पतालबाट प्रवाह हुने सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । नगर क्षेत्रमा संक्रमण फैलिन नदिन तत्कालका लागि कार्यालय बन्द गर्नुपरेको मेयर मोहन बस्नेतले बताए । 

बुधबार नगरपालिका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारीलगायतको कोरोना परीक्षण गरिएको थियो । थप संक्रमण फैलिन नदिन ‘कन्ट्याक्ट ट्रेसिङ’का लागि टोली परिचालन गर्ने निर्णय गरिएको बस्नेतले बताए । दक्षिणकाली–५ को त्रिभुवन आदर्श माविमा तत्कालै क्वारेन्टाइन बनाउने र चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको क्वारेन्टाइनलाई थप व्यवस्थापन गरिने उनले बताए । यसँसगै फोहोर पनि घर, टोल र वडाभित्रै व्यवस्थापन गर्न आग्रह गरिएको मेयर बस्नेतको भनाइ छ । नयाँ पत्रिका दैनिक