१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीजस्तो खट्ने, सपना देख्ने र सक्रिय रहने नेता नेपालमा छैन: सचिव भट्ट



अ+ अ-

धनगढी । नेकपा एमालेका सचिव लेखराज भट्टले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई देवत्वकरण होइन, वर्तमान राजनीतिक परिस्थितिको आवश्यकता भएको बताएका छन् ।

भट्टका अनुसार ओलीलाई चाँडै बुझ्न कठिन भए पनि उनले चालेका कदमको अर्थ पछि मात्र स्पष्ट हुने अद्भुत क्षमता छ । ‘ओलीलाई समर्थन गर्नु अहिलेको वस्तुस्थिति हो, व्यक्तिपूजाबाट प्रेरित होइन,’ भट्टले भने ।

नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत रहनु भएका भट्टका अनुसार एमाले हाल वैचारिक र सैद्धान्तिक रूपमा मुलुकको कम्युनिष्ट आन्दोलनको केन्द्र हो र यो सम्भव बनाउने नेतृत्व ओलीकै हातमा छ । ‘राष्ट्रियताका लागि अहिलेको नेतृत्व केपी ओली हो र हुनुहुन्छ। शक्ति, संगठन र समर्थनमा एमाले एक नम्बर पार्टी हो,’ उनले दाबी गरे ।

‘एमालेभित्र केही आन्तरिक समस्या रहेको स्वीकार गर्दै भट्टले सुधारका लागि पार्टीले आत्मसुधारमा ध्यान दिनुपर्ने छ । ओलीजस्तो खट्ने, सपना देख्ने र सक्रिय रहने नेता नेपालमा छैन,’ राष्ट्रपति संस्थाको गरिमा जोगाउने प्रतिबद्धता व्यक्त गर्दै उनले थपे, ‘राष्ट्रपतिलाई सम्मानित भएर बस्न हामीले भइसकेका छौँ। गणतन्त्रको गरिमा र गौरवका रूपमा हामीले सम्मान गर्ने निर्णय गरिसकेका छौँ।’

प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रममा बोल्दै इन्चार्ज भट्टले बैठकमा समर्थन बाहिर बिरोध गर्ने कुराले अर्थ नरहने बताए । प्रशिक्षण तथा बैठक कंचनपुरको महेन्द्र नगरमा आयोजना गरिएको हो ।

पार्टी स्थायी कमिटी सदस्य भानभक्त ढकाल, चौतारीका केन्द्रीय अध्यक्ष गणेश पाण्डे, एमाले पोलिटब्यूरो सदस्य निरुदेवी पाल, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, चौतारीका उपाध्यक्ष चेतन अधिकारी, महासचिव हिरामान लामा सहित सहभागि रहेको प्रदेश अध्यक्ष नरेन्द्र कार्कीले जानकारी दिए ।