१ भाद्र २०८३, सोमबार
,
Latest
आर्थिक सहयोग जुटाएर बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै चुनावी वाचा सम्झाउने मतदातालाई गृहमन्त्री गुरुङको जवाफ– ‘भोट फिर्ता लैजानुस्, नभए पाँच वर्ष काम गर्न… चितवनमा विद्यालयका सवारीसाधनको गति ४० किलोमिटरमा सीमित, १५ दिनभित्र गति नियन्त्रण उपकरण जडान गर्नुपर्ने महाकालीमा जलस्तर खतराको तह पार, शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी रोक सबै स्थानीय तहमा ‘क्लाइमेट च्याम्पियन’ राख्न युवा सम्मेलनको माग, १० बुँदे घोषणा पत्र जारी ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको निधन देशभर श्रद्धापूर्वक नागपञ्चमी मनाइँदै, नागपोखरीमा भक्तजनको भीड दैलाका नाग, आस्थाका हात र जीवित संस्कार (फोटो फिचर) सुख्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पछिल्ला २०/२५ वर्षमा नेपाली क्रिकेटले धेरै फड्को मार्‍यो– पारस खड्का



अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले पछिल्लो २०/२५ वर्ष नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा धेरै फड्को मारेको बताएका छन् ।

धुम्बाराहीमा बुधवार सम्पन्न काठमाडौं जिल्ला क्रिकेट संघको छैटौं साधारण सभाको अवसरमा क्यानका सचिव खड्काले नेपाली क्रिकेटको यो सफलता सहज नभए पनि सबै पक्षले आ–आफ्नो क्षेत्रबाट काम गर्दा सफल भएको बताएका छन् । अहिले नेपाली क्रिकेट स्थिरताको बाटोमा हिँडिरहेको उल्लेख गर्दै एकदिवसीय मान्यता पाउने क्रममा धेरै चुनौती सामना गर्नुपरेको क्यानका सचिव खड्काको भनाइ छ ।

उनले पहिला क्रिकेटमा श्रोतहरू धेरै कम रहेको पनि उल्लेख गरेका छन् । तर सबै कुराहरू बिर्सेर ४५ जिल्ला, सात प्रदेश र नेपाली खेलकुदका कार्यकारी निकायहरुले नेपाली क्रिकेटलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ । नेपाली क्रिकेट टोलीका पूर्वकप्तानसमेह रहेका पारसले गर्नुपर्ने कामहरू धेरै रहेको र जसलाई केन्द्रले मात्र गरेर साध्य नहुने पनि उल्लेख गरेका छन् ।

उनले चुनौतीहरूलाई अवसरका रूपमा लिएर अगाडि बढ्ने पनि आशा व्यक्त गरेका छन् । जिल्ला र प्रदेश क्रिकेटकै मेरुदण्ड भएको उल्लेख गर्दै क्यानका सचिव पारस खड्काले आर्थिक रुपमा पनि बलियो हुँदै गएको बताए । सचिव खड्काले आगामी दिनमा जिल्ला र प्रदेशले धेरै कार्यक्रम गर्नुपर्ने तथा चुनौती सामना गर्न पनि तयार रहन अनुरोध गरेका छन् । उनले जिल्ला र प्रदेशलाई एकीकृत भएर अगाडि बढ्न आग्रह गरेका छन् । सचिव खड्काले काठमाडौं जिल्ला क्रिकेट, बागमती प्रदेश हुँदै केन्द्रमा पुग्न सफल भएको स्मरण गरे । उनले काठमाडौं जिल्ला क्रिकेट संघले ठूलो प्रतियोगिता आयोजना गर्ने विश्वास व्यक्त गरेका छन् ।
सो अवसरमा काठमाडौं जिल्ला क्रिकेट संघले पाँच क्रिकेटकर्मीलाई सम्मान गरेको छ । नेपाली यु–१६ पुरुष टोलीका सदस्य प्रसिद्ध जैसी र कृष्मा गुरुङ सम्मानित भएका हुन् । काठमाडौं जिल्ला तथा बागमती प्रदेशको प्रतिनिधित्व गर्ने प्रसिद्धले एसिसी यु–१६ इस्टर्न जोन कपमा नेपाललाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निभाएका थिए । उनले प्रतियोगिताका ६ खेलमा समान एक शतक र अर्धशतसहित २४६ रन प्रहार गरेका थिए । महिला टिमकी खेलाडी कृष्मा गुरुङलाई पनि सम्मान गरिएको थियो । दुबैले समान जनही ५ हजार प्राप्त गरे ।

आइसिसी अम्पायर विजयकुमार झा, दुर्गानाथ सुवेदी र मुख्य प्रशिक्षक सामसनजंग थापालाई पनि सम्मान गरिएको थियो । बागमती प्रदेशका सांसद दीपेन्द्र श्रेष्ठ, क्यानका सचिव पारस खड्का, केन्द्रिय सदस्य दुर्गानाथ पाठक, नेपाल लोकतान्त्रिक खेलकुद महासंघका अध्यक्ष देवेन्द्र शेरचन र क्यानका पूर्वसचिव अशोकनाथ प्याकुरेललगायतले उनीहरुलाई सम्मान गरेका थिए । जिल्ला क्रिकेटको विकासमा पुर्याएको योगदानको आधारमा सम्मान गरेको काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर घलेले जानकारी गराए । सो अवसरमा अध्यक्ष घलले वर्षभरी ६ कार्यक्रम गराउन सफल भएको बताए । घलेको नेतृत्वमा काठमाडौं क्रिकेट संघले प्रधानमन्त्री कप पुरुष छनोट, प्रधानमन्त्री कप महिला छनोट, वाइ वाइ यु–१९ पुरुष छनोट, दोस्रो जयकुमार नाथ शाह स्मृति अन्तरविद्यालय प्रतियोगिता (एसिसी यू–१६ इस्ट जोन कप छनोट), आइसीसी यु–१९ महिला विश्वकप र एसिया कप छनोट तथा जिरो लेभल अम्पायर तथा प्रशिक्षक कोर्स आयोजना भइसकेका छन् ।

काठमाडौं जिल्लाले जिल्लाको मात्र नभई नेपालको क्रिकेट विकासमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै घलेले खेलाडीहरुलाई उच्चस्तरीय प्रतियोगितामा सहभागी हुने अवसर प्रदान गर्नु संघको दायित्व भएको बताएका छन् ।