१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित

संक्रमितको संख्या बढ्दै जानुको कारणहरु…

संक्रमितको संख्या बढ्दै जानुको कारणहरु…
अ अ+ अ-

काठमाडौं । सरकारले बन्दाबन्दी (लकडाउन) लम्ब्याए पनि कोरोना भाइरस संक्रमण दर दिनप्रतिदिन बढ्दै गएको छ । अव्यवस्थित क्वारेन्टिन, नाका कडाइ नहुनु, कन्ट्याक्ट ट्रेसिङ नबढ्नु र सरकारले कोभिड–१९ रोकथामका सन्दर्भमा स्पष्ट खाका बनाउन नसक्दा संक्रमतिको संख्या बढ्दै गएको जनस्वास्थ्य विज्ञहरू बताउँछन् । लकडाउन भएको ६२ दिन पुग्दासमेत संक्रमितको दर घट्न सकेको छैन । हालसम्म ६ सय ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार मात्रै ७९ संक्रमित थपिएका थिए । यस्तै, कोरोना संक्रमणबाट चार जनाको ज्यान गएको छ ।

कारणहरू
– अव्यवस्थित क्वारेन्टिन
– सीमानाकामा कडाइ नहुनु
– कन्ट्याक्ट ट्रेसिङ नबढ्नु
– सरकारले स्पष्ट खाका बनाउन नसक्नु
– परीक्षणको दायरा फराकिलो नहुनु

देशभर ४६ हजार २९ जना क्वारेन्टिनमा बसेका छन् । तर, क्वारेन्टिनमै बसेकामध्ये अधिकांशको कोरोना परीक्षण हुन सकेको छैन । देशभर बनेका क्वारेन्टिन मापदण्ड नपुगेका हुँदा संक्रमणको केन्द्रनै क्वारेन्टिन बन्ने देखिएको छ । सरकारी तथ्यांकअनुसार देशभर ६१ हजार २ सय ४५ क्वारेन्टिन छन् । तर, अधिकांश क्वारेन्टिनमा ‘क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६’ पूरा गरिएको छैन । जसकारण जोखिम बढ्दै गएको र संक्रमितको संख्या थपिने सम्भावना बढी हुने आँकलन गरिएको छ । संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ द्रुत गतिमा अघि बढ्न सकेको छैन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कन्ट्याक्ट ट्रेसिङ गर्ने अख्तियारी पाएपनि प्रभावकारी बन्न नसकेको देखिएको छ ।

दैनिक सयौं नागरिक सीमा नाकाबाट नेपाल प्रवेश गरेका छन् । तर, उनीहरूको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण नगरी धमाधम नेपाल प्रवेश पाएका छन् । यस्तै, स्वास्थ्य मन्त्रालयले परीक्षणको दायरा द्रुत गतिमा बढाउन सकेको छैन । हालसम्म देशभर आरटी–पीसीआर प्रविधिबाट ५१ हजार ६ सय ४२ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । यसरी हेर्दा पछिल्लो एक साताको अवधिमा दैनिक २ हजार ८ सय ८८ जनाको कोरोना परीक्षण हुँदै आएको छ ।

परीक्षणको दायरा निकै सुस्त भएको भन्दै तीव्र रूपमा बढाउनुपर्ने संक्रामक तथा सरुवा रोग अनुसन्धान विशेषज्ञ प्राडा. जीवनबहादुर शेरचनले बताए । स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सल्लाहकार डा. खेम कार्कीले संक्रमितको अवस्था हेरेर अस्पताल तयारी अवस्थामा राखिएको बताए । उनले भने, ‘संक्रमण जहाँ फैलिन्छ, त्यहाँअस्पतालको स्तरवृद्धि गर्न आवश्यक छ ।’पछिल्लोपटक वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण देखिएको थियो । अस्पतालमा गत ४ जेठमा निधन भएका कलैया–७ बाराका ७० वर्षीय वृद्धमा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । थप पुष्टिका लागि अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाएको थियो । जनस्वास्थ्य प्रयोगशालामा ती पुरुषको रिपोर्ट पोजेटिभ आएको थियो । यसअघि सिन्धुपाल्चोक, गुल्मी र बाँकेका तीन जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको थियो । हालसम्म निको हुनेको संख्या १ सय ५५ पुगेको छ । राजधानी दैनिक