१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित

पीडित पक्षको आरोप: रुकुम पश्चिमको घटनालाई तोडमोड गर्न खोजियो

पीडित पक्षको आरोप: रुकुम पश्चिमको घटनालाई तोडमोड गर्न खोजियो
अ अ+ अ-

जाजरकोट । अन्तर्जातीय प्रेमका विषयमा जनप्रतिनिधिकै संलग्नतामा भएको रुकुम पश्चिमको घटनालाई तोडमोड गर्न खोजिएको आरोप पीडित पक्षले लगाएका छन्। चौरजहारी नगरपालिकाको सोतीमा गत शनिबार भएको घटनालाई रुकुमका जनप्रतिनिधिले तोडमोड गर्न खोजेको भन्दै पीडितले न्याय पाउनेमा आशंका व्यक्त गरेका छन्। वडाध्यक्ष डम्बरबहादुर मल्लकै संलग्नतामा हत्याकाण्ड भएको र उनी पूर्वगृहमन्त्री जनार्दन शर्माको संरक्षणमा रहेकाले न्याय पाउनेमा पीडित परिवारले आशंका गरेका हुन्। सोतीका स्थानीय र केही जनप्रतिनिधिले नै लकडाउन उलंघन गर्दै हुल आएको र उमेर नपुगेकी केटीलाई जर्बजस्ती लिन खोजेकाले गाउँलेले नियन्त्रणमा लिने क्रममा भागदौड हुँदा भेरीमा खसेर ज्यान गएको बयान दिएका छन्। साथै उनीहरूले यो घटनालाई जातीयतासँग जोड्न नहुने भन्दै घटनालाई विषयान्तर गर्ने प्रयास गरिरहेको पीडितको भनाइ छ।

तर कथित उपल्लो जातको भनिने ठकुरीकी छोरी तल्लो जातको भनिने दलितले लिन खोजेको भन्दै पूरै गाउँ नै उर्लिएर आक्रमण गर्दा तीन जनाको मृत्यु भएको हो। तीनजना अझै बेपत्ता छन्। मंगलबार संघीय संसद्मा रुकुमपश्चिमबाट निर्वाचित जनार्दन शर्माले पनि यो घटनाबारे सोही आशयको धारणा राखेपछि घटनामा संंलग्नलाई राजनीतिक संरक्षण गर्न खोजिएको पीडित परिवारको आशंकामा थप बल पुगेको हो। रुकुम प्रहरीले नै अनुसन्धान गर्ने र मुघा पनि जिल्ला अदालत रुकुममा नै दर्ता हुने भएपछि आशंका बढेको हो। मृतक नवराज विकका बुवा मोहनलालले घटनाबारे निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने बताए। बयान दिन रुकुम जाँदा झन्झिटिलो हुने र उतैबाट अनुसन्धान तथा मुद्दा चलाए चलखेल हुनसक्ने उनको आशंका छ। जाजरकोट प्रहरीले नै घटनाबारे अनुसन्धान गर्नुपर्ने र मुद्दा पनि जाजरकोटबाटै चलाइनुपर्ने उनीहरूले माग गरेका थिए। पीडितले माग सम्बोधन नहुँदासम्म शव नबुझ्ने अडान लिएका थिए। तर जुन जिल्लामा घटना भएको हो सोही जिल्लामा मुद्दा चल्ने कानुनी प्रावधान र स्थानीय प्रशासनले घटनाको सत्यतथ्य छानबिन गर्ने आश्वासन दिएपछि मंगलबार शव बुझ्न राजी भएका हुन्।

पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरीसमेत दिएका छन्। वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुन मगर लगायतका २० जनाविरुद्ध किटानी जाहेरी दिएको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोरकुमार    श्रेष्ठले बताए। दलित अधिकारकर्मी र पीडित परिवारले घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने, पीडित परिवारलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने, घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने, बेपत्ताको तत्काल खोजी गर्नुपर्ने लगायतका माग राखी जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले पीडितका माग सम्बोधन गर्ने र माग पूरा गर्ने सम्बन्धमा सम्बन्धित निकायमा आवश्यक पहल गरिने आश्वासन दिएपछि पीडित परिवार लास बुझ्न सहमत भएका हुन्। चौरजहारीका टीकाराम सुनारको शव पोष्र्टमार्टम गरिएको छ भने अन्य दुई जनाको बुधबार पोष्र्टमार्टम गरिने पन्तले बताए। हराएका तीन जनाको खोजी कार्य भइरहेको उनले जानकारी दिए।

भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार, गोविन्द शाही, ४ का सन्दीप विक अझै बेपत्ता छन्। भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ। नवराजकी प्रेमिका चौरजहारी नगरपालिका ८ सोतीकी १७ वर्षीय सुष्मा मल्ललाई बेहुलीका रूपमा भिœयाउन शनिबार १९ युवासहित गाउँ पुगेका बेला वडाध्यक्ष मल्लसहित सोतीका गाउँलेले आक्रमण गरेर लखेट्दा उनीहरूको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घेराबन्दीमा पारेर गाउँ नै उर्लेर आक्रमण गरेको घटनाबाट बाँचेर आएका युवाले बताए। उनीहरूले नवराज लगायतका केहीलाई कब्जामा लिएर हत्या गरी भेरीमा फालिदिएको र अन्यलाई भेरीमा पौडी खेल्ने क्रममै ढुंगा हानेर हत्या गरेको बताएका छन्। भेटिएका तीन शवमध्ये तीनै जनाको टाउकोमा गहिरो चोट लागेको र एक जनाको हातमा घरेलु हतियारको चोट रहेको भेरी नगरपालिका ४ का मौसम विकले बताए। अन्नपुर्णपोष्ट दैनिक