१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित

भीटीएमको कमीका कारण कोरोना परीक्षण प्रभावित

भीटीएमको कमीका कारण कोरोना परीक्षण प्रभावित
अ अ+ अ-

काठमाडौँ । कोभिड–१९ परीक्षणका लागि स्वाबको नमुना संकलन गरेर सुरक्षित राखिने सामग्री भीटीएमको कमीका कारण परीक्षण प्रभावित हुने देखिएको छ । यसअघिसमेत मुलुकका विभिन्न स्थानमा भीटीएमको अभाव भएपछि पटकपटक पीसीआर परीक्षण प्रभावित भएको थियो । जसका कारण संक्रमण पत्ता लगाउनमा ढिलाइ भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेलले अब १२ हजार भीटीएम मात्र मौज्दात रहेको जानकारी दिए । मन्त्रालयले हालसम्म १ लाख भीटीएम प्राप्त भएकोमा ८८ हजार जिल्ला र प्रदेशलाई वितरण गरिसकेको उनले बताए । भीटीएम खरिद प्रक्रिया अघि बढाएको भए पनि आइपुग्ने मिति भने उनले खुलाएनन् । ‘२ लाख ५ हजार थान भीटीएम खरिद प्रक्रिया अगाडि बढाएका छौं,’ डोटेलले भने, ‘पहिले मुलुकमा १५ सय कोभिड केस हुने आधारमा पूर्वानुमान गरिए पनि हाल ५ हजार केसलाई चाहिने स्वास्थ्य सामग्रीको आवश्यकता पहिचान गरी विभिन्न सामग्री खरिद गर्न थालिएको हो ।’

पीसीआर परीक्षण गर्न नाक र घाँटीबाट लिइने स्वाबको नमुनालाई सुरक्षित राख्न भीटीएम आवश्यक पर्छ । भीटिएमले स्वाबको नमुनामा भएको भाइरस र जिनलाई नियन्त्रित तापक्रममा ओसारपसार गर्दा सुरक्षित राख्छ । भीटीएम प्याकेटमा दुईवटा स्वाब (शरीरबाट नमुना लिन बनाइएको रुई) र एउटा तरल पदार्थले भरिएको ट्युब हुन्छ । रुईको मद्दतमा नाकबाट लिइएको नमुना (नोजल स्वाब) र घाँटीबाट लिइएको नमुना (थ्रोट स्वाब) लाई एउटै भीटीएममा राखिन्छ । त्यसपछि भीटीएमलाई भ्याक्सिन क्यारियर वा आइस बक्समा राखेर सुरक्षितसाथ प्रयोगशाला लगिन्छ । ‘हामीसँग अहिले भीटीएमको मौज्दात शून्य छ,’ नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले भने, ‘यसअघिसमेत पटक–पटक भीटीएम नभएर परीक्षण, स्क्रिनिङ गर्न समस्या भएकै हो ।’

पीसीआर परीक्षणमा थप विस्तार गर्नुपर्ने समयमा चाहिने कुनै पनि सामग्रीको अभाव भए संक्रमण जटिल मोडमा पुग्ने चिकित्सकहरु बताउँछन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरोलोजिस्ट डा. श्रवणकुमार मिश्रले भीटीएम अभावले केही साताअघि देशभर पीसीआर परीक्षण सेवा प्रभावित भएको स्मरण गरे । ‘भीटीएम, पीसीआर किट र आरएनए एक्स्ट्रयाक्सन किट एउटै अनुपातमा हुनुपर्छ, यसमा कुनै पनि एउटा चिज किटमा कमी हुँदा परीक्षण प्रभावित हुन्छ,’ उनले भने, भीटीएम मुलुकमा समेत बनाउन सकिने भएकोले यसबारे विस्तृत पहल आवश्यक छ ।’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले पनि पीसीआर परीक्षणमा आवश्यक सामग्रीको आपूर्ति र उपयोगमा निरन्तर सन्तुलन नराखे परीक्षण प्रभावित हुन सक्ने बताए । केही दिनअघि आरएनए एक्स्ट्रयाक्सनको कमी हुँदा पीसीआर परीक्षण प्रभावित भएको थियो । उनका अनुसार त्यतिबेला स्विस सरकारले आरएनए एक्स्ट्रयाक्सन किट दिएपछि अवस्था सहज भएको हो ।

‘अहिले मुलुकमा संक्रमणको वास्तविक विस्तार हुन थालेको छ, यस्तो बेला दिनहुँ अत्यधिक मात्रामा परीक्षण आवश्यक छ,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. जीडी ठाकुर भन्छन्, ‘कुनै पनि बेला अत्यधिक मात्रामा परीक्षण गर्नुपर्ने अवस्थाको आँकलन गर्दै पीसीआर परीक्षण सामग्रीको थप स्टक सुरक्षित रहनुपर्छ ।’ उनले स्वास्थ्य मन्त्रालयलाई परीक्षण सामग्रीको आवश्यकता र आपूर्ति व्यवस्थालाई चुस्त राख्न सुझाए । उनले स्वास्थ्य सामग्रीको अभावले बारम्बार परीक्षणको प्रक्रिया प्रभावित हुने र जसका कारण समयमै पहिचान नहुँदा संक्रमण विस्तार हुन सक्ने भन्दै सचेत गराए । ‘सामान्य कुरा भए पनि भीटीएमको कमीले पीसीआर परीक्षण नहुने अवस्था आएको छ र आउन सक्छ,’ डा. ठाकुर बताउँछन् ।

मुलुकमा हाल ५० हजार पीसीआर किट मौज्दात छ । सरकारसँग भएको १ लाख २८ हजार पीसीआर किटमध्ये ७८ हजार विभिन्न प्रयोगशाालाई वितरण गरिसकिएको छ । मन्त्रालयसँग भएको १ लाख ७५ हजार आरडीटी किटमध्ये हालसम्म विभिन्न ठाउँमा ८० हजार किट वितरण गरिसकिएको छ । निर्देशक डोटेलका अनुसार सरकारले हाल १ लाख ७५ हजार पीसीआर किट र १ लाख २८ हजार आरडीटी किट खरिद गर्नसमेत प्रक्रिया अगाडि बढाएको छ । हाल मन्त्रालयसँग व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) ९२ हजार थान मौज्दात छ । मन्त्रालयका अनुसार कुल १ लाख ४६ हजार थान पीपीई प्राप्त भएकोमा ५४ हजार थान प्रदेश र जिल्लामा वितरण भइसकेको छ । यस्तै, १५ लाख थान मास्क, १ लाख ८० हजार एन–९५ मास्क, २ लाख ७८ हजार पन्जा, ५३ हजार सू–कभर, १७ हजार सर्जिकल क्याप र ६ सय थान इन्फ्रारेड थर्मोमिटर मौज्दात रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्यकर्मीलाई आलोपालो खटाउन निर्देशन

स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई दुई समूह बनाएर आलोपालो काममा खटाउन निर्देशन दिएको छ । कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा सहयोगीहरु संक्रमित भएर सेवा प्रवाहमा कठिनाइ हुन सक्ने देखिएको भन्दै उपलब्ध जनशक्तिलाई सुरक्षित र व्यवस्थित गर्न यस्तो निर्देशन दिइएको हो । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार दुई समूहलाई सातापिच्छे आलोपालो सेवामा खटाउन अस्पताल व्यवस्थापनलाई भनिएको छ । यो प्रक्रियाले सेवा निरन्तरताको सुनिश्चितता हुने मन्त्रालयले विश्वास लिएको उनको भनाइ छ । कान्तिपुर दैनिक