५ पुष २०८२, शनिबार
,
Latest
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिलाई ब्यापारिकरण सङ्गै भ्रष्टिकरण तर्फ लगियो: कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली राजनीतिलाई ब्यापारिकरण सङ्गै भ्रष्टिकरण तर्फ लगिएको बताएका छन् ।

आज पार्टीको उपत्यका स्तरिय बिस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्रको मार्गचित्र र बिचार असफल भएको र यसका थुप्रै उदारण भएको उनको दाबी थियो ।

यो ब्यबस्थाले भ्रष्टाचारलाई संस्थागत गरेको, लाखौ युबालाई बिदेश पलायन हुन बाध्य पारेको, मुलुकको हरेक क्षेत्रमा सिमित राजनितीक दल र नेताको सिन्डिकेट र कब्जा रहेको, धर्म परिबर्तनको डढेलोले धार्मिक सद्भाव बिगारेको समेत आरोप लगाए । यी घटनाक्रमले यो ब्यबस्थाबाट जनता बाक्क दिक्क भएको , काङ्ग्रेस र कम्युनिस्ट पार्टीप्रती तिब्र बितृष्णा रहेको भन्दै थापाले जनता बिकल्पको खोजिमा रहेको टिप्पणी गरे । हरेक जसो दिन नयाँ नयाँ भ्रष्टाचार काण्ड घटिरहेको , बहालवाला मन्त्रीहरु नै हरेक काण्डमा संलग्न हुनुले यो ब्यबस्थाले देश र जनताको हित हुन नसक्ने थापाको टिप्पणी थियो । संघीयताले भ्रष्टाचारलाई तल्लो तहसम्म पुर्याउन मात्र भुमिका खेलेको , सत्ता र कुर्सिको फोहरी खेलमा प्रदेश रुमलियको , राजनीतिलाई स्वार्थ केन्द्रित बनाउदै ब्यापारिकरण तर्फ लगिएकोले मुलुक डरलाग्दो भ्रष्टाचारको चक्रमा फसेको थापाको भनाई थियो । आगामी चुनाबमा काङ्ग्रेस कम्युनिस्टलाई भोट नहाल्ने मनस्थितिमा जनतामा पुगेको र अब कसलाई भोट हाल्ने बिकल्पको खोजिमा जनता रहेकोले राप्रपा नेपाललाई बिकल्प बनाउन संगठन केन्द्रित हुन उनको निर्देशन थियो ।

काङ्ग्रेस कम्युनिस्टको बाटोमा हिड्ने दल बिकल्प बन्न असम्भव हुने भएकोले बैचारिक बिकल्प दिने मार्गचित्र राप्रपा नेपालसङ्ग मात्र भएको र सो बमोजिम संगठन निर्माण अबको प्रमुख बिषय बन्नुपर्ने उनको भनाई थियो । राप्रपा नेपालले काङ्ग्रेस कम्युनिस्टको बिरोध मात्र नगरी बैचारिक बिकल्प दिराखेको ठापाको टिप्पणी थियो । बिस्तारित बैठकले क्षेत्रीय स्तरमा उपत्यकाब्यापी प्रशिक्षण संचालन गर्ने निर्णय गरेको छ ।