एजेन्सी । साउदी अरबको तैफ शहरमा रहेको एक मनोरञ्जन पार्कमा ठूलो दुर्घटना भएको छ । पार्कमा जडान गरिएको ३६० डिग्री घुम्ने स्विङ अचानक टुटेको छ ।
यस दुर्घटनामा २३ जना घाइते भएको बताइएको छ । यस घटनाको भिडियो पनि सार्वजनिक भएको छ, जुन भयानक छ ।
रिपोर्टका अनुसार यो घटना जुलाई ३१ मा भएको थियो । मानिसहरू पार्कमा रमाइलो गरिरहेका थिए, केही मानिसहरू ३६० डिग्रीको झुलामा झुलिरहेका थिए, त्यस क्रममा झुला बीचमा भाँचियो । झुलाको दुवै भाग भुइँमा खसे ।
एक रिपोर्टका अनुसार, घटनाका प्रत्यक्षदर्शीहरूले भने कि झूलाको पोल तीव्र गतिमा पछाडि फर्कियो र अर्को छेउमा उभिएका केही मानिसहरूलाई लाग्यो । झूला खस्दा केही मानिसहरू त्यसमा बसिरहेका थिए ।
यसपछि सुरक्षा र आपतकालीन सेवाहरू तुरुन्तै घटनास्थलमा पुगेर राहत र उद्धार कार्य सुरु गरे । सम्बन्धित अधिकारीहरूले यस विषयमा अनुसन्धान सुरु गरेका छन् ।










