२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन News Polar ओमानसँग रासायनिक मल आपूर्ति र कृषि व्यापारमा सहकार्य विस्तारबारे छलफल News Polar कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा News Polar महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च कांग्रेसले व्यहोर्ने News Polar कोशी प्रदेशसभाः आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने News Polar एमालेले मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्ने News Polar प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार News Polar श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, शुक्रबार बिहान ७ बजेदेखि मतदान

राजनीतिमा प्रवेशबारे के भने वरिष्ठ क्याप्टेन विजय लामाले ?

राजनीतिमा प्रवेशबारे के भने वरिष्ठ क्याप्टेन विजय लामाले ?
अ अ+ अ-

नेपाल वायु सेवा निगमका वरिष्ठ क्याप्टेन विजय लामाले आफूलाई कुनै दल बनाउने समय नभएको बताएका छन् ।

वरिष्ठ क्याप्टेन लामाले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङसँग मिलेर नयाँ राजनीतिक दल गठन गर्न लागेको चर्चा भइरहेको छ ।

लामाले आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै राजनीति कदल बनाउने समय आफूलाई नभएको र आफ्नै काममा व्यक्त भएको स्पष्टीकरण दिनुभएको हो ।

केही सञ्चारमाध्यमले पार्टी पैवेश गरेको भन्दै समाचार सार्वजनिक गरेको देख्दा उनले अचम्म पनि मानेका छन् । उनले गलत समाचार सम्प्रेषणलाई नाटकको संज्ञा दिएका छन् ।

वरिष्ठ क्याप्टेन लामाले लेखेका छन्–

‎केही पत्रपत्रिकामा मैले पार्टी प्रबेश गरे भन्ने समाचार खष्चब िभएको देख्दा अचम्मित मात्र भएको छैन कि दुख लागेको छ गलत समाचार सम्प्रेषण गर्नेहरुको नाटक देख्दा !

‎म मेरो आफ्नो काममा नै ब्यस्त छु र कुनै पार्टी (दल) बनाउने समय छैन मलाइ!

‎हो मलाइ मेरो देशको चिन्ता सधै छ र रहिरहन्छ भन्दैमा राजनिती मा छिर्न पर्छ भन्ने कतै पनि छैन! पत्रकार ज्युहरुलाइ मेरो विनम्र अनुरोध यहि छ कि यसरी भ्रामक समाचार प्रचार नगरी दिनु होला!

‎समय भएपछि म आफैले सबैलाई जानकारी गराउने छु! त्यो गलत समाचार बन्दै गर्दा म आकाश मै उडाउदै थिए होला! अनि त्यो समाचार बारे मैले यहि जापान मा नै सुन्न पाए ! म राजनीतिमा यदि प्रवेश गरे भने तामझामका साथ प्रबेश गर्ने छु पत्रकार सम्मेलन गरेर नकि यसरी सुटुक्क !

‎जय चन्द्र सुर्य !!