१ भाद्र २०८३, सोमबार
,
Latest
विद्युतमा लगाइएको भ्याट र महशुल वृद्धिको विरोध गर्दै उज्यालो नेपाल पार्टीद्वारा आन्दोलनको घोषणा पूर्वाधार विकास मन्त्री लम्सालको स्वास्थ्यमा सुधार, चिकित्सकद्वारा पाँच दिन आराम गर्न सुझाव भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार आज घोषणा हुँदै काभ्रेपलाञ्चोकमा जिप दुई दुर्घटनामा दुईको मृत्यु, तीन जना गम्भीर घाइते बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा घोषणा जलविद्युत क्षेत्रमा देखिँदै आएको ‘लाइसेन्स राज’को अन्त्य गर्छौंः मन्त्री श्रेष्ठ राष्ट्रिय सभाको शुन्य समयः रास्वपा सांसद सुनारलाई कारबाही गर्न माग बाढी पहिरोको जोखिम कम गर्न सांसदहरूले गराए सरकारको ध्यानाकर्षण प्रशारण लाइनको अभावमा ऊर्जा खेर जाने अवस्थाको अन्त्य हुनुपर्दछः सचिव दवाडी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दैछ मादी नदीमा नेपालकै पहिलो चार लेनको पुल, माघसम्म सकिने



अ+ अ-

तनहुँ । कुनै बेला मुग्लिङ–पोखरा सडक यात्रा अत्यन्त कष्ट्रकर हुने गर्दथ्यो । हिजोआज मुग्लिङ–पोखरा सडकखण्डको यात्रा आनन्ददायी छ । मुग्लिङबाट पोखरा पुग्न धेरै कष्ट खेप्नु पर्दैन । अहिले सो सडकखण्डको धेरै काम सकिएको छ भने अझै पनि केही पुलहरु बन्ने क्रममा छन् ।

मुग्लिङ–पोखरा सडक पूर्वीखण्डका योजना प्रमुख प्रकाशचन्द्र भण्डारी मुग्लिङ–पोखरा सडक पूर्वीखण्डस्थित मादी नदी नेपालकै पहिलो पटक चार लेनको ठूलो पुल बनिरहेको बताउनुहुन्छ । उहाँकाअनुसार त्यो पुलको लम्बाई ३१८ मिटरको चार लेनको पुल बन्दैछ ।

भण्डारीले भन्नुभयो–‘चार लेन गाडी कुद्ने नेपालको पहिलो पुल हो । नेपाल सरकारले पुलको डिजाइन गरेपछि निर्माणकर्ताले फेरि डिजाइन गरेको हो । डिजाइनको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीकै हो । मर्मत सम्भार अवधि ५ वर्षको हो । यसको सम्झौता रकम १ अर्ब २१ करोड हो । पुलको ७१ प्रतिशत वित्तीय प्रगति भएको छ ।’ 

प्रमुख भण्डारीकाअनुसार नेपाली ठेकेदारले डिजाइन गरेर पहिलो पटक चार लेनको पुल बनाइरहेको छ । ७ सेक्टेम्बर २०२२ मा यो पुल बनाउन सम्झौता भएको थियो ।
६ सेक्टेम्बर २०२५ मा पुल निर्माणको समय सकिँदैछ । सम्झौता भएको १३ महिनापछि डिजाइन स्वीकृत भएको  र आजको दिनमा ७१ प्रतिशत वित्तीय प्रगति सकारात्मक रहेको भण्डारीले बताउनु भयो । उहाँकाअनुसार मनसुन शुरु भइसकेकाले पुलको बीचको भागको काम अघि बढाउन कठिन भइरहेको छ । खोलाको बहाव बढ्ने र ठेक्काहरु बगाउने भएकाले पुलको बीचको काम मनसुन सकिएपछि अब अघि बढ्नेछ । आगामी पुस–माघसम्ममा पूर्ण रुपमा पुल सम्पन्न हुने आशा छ । यो पुलको काम नेपाली निर्माण कम्पनी एनके निर्माण सेवाले गरिरहेको छ ।

डिजाइन स्वीकृत हुन ढिलाइ हुनु, निर्माण सामाग्रीको अभावले गर्दा पनि काम समयमै नसकिएको निर्माणव्यवसायी बताउँछन् । उनीहरुका अनुसार डिजाइन स्वीकृत गर्दा आठ वटा जग्गा र त्यत्ति नै घरहरुको प्रभावित हुने भएपछि मुआब्जा वितरण गरिसकिएको छ ।

नेपालमै पहिलो पटक चारलेनको अत्याधुनिक प्रविधिको बन्नु निर्माणकर्तालाई समेत गर्वको विषय रहेको उनीहरु बताउँछन् ।