९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल

उपल्लो डोल्पाको मोरिम्ला नाका साउन २५ गतेदेखि २० दिनका लागि खुल्ने

उपल्लो डोल्पाको मोरिम्ला नाका साउन २५ गतेदेखि २० दिनका लागि खुल्ने
अ अ+ अ-

डोल्पा। उपल्लो डोल्पावासीको दैनिकीका लागि अपरिहार्य बनिसकेको चिनियाँ मोरिम्ला नाका यस वर्ष पनि खोलिने भएको छ। कोभिड–१९ महामारीपछि गत वर्ष खुलेको यो नाका यस वर्ष साउन २५ गतेदेखि २० दिनका लागि सञ्चालनमा आउने भएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवालीका अनुसार, नाका खोल्ने तयारी पूरा भएको र सुरक्षाका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गर्ने निर्णय भएको छ। स्थानीय तह र व्यापारीहरूले सुरक्षाकर्मीको माग गरेअनुसार जिल्ला प्रशासन कार्यालयले आवश्यक व्यवस्था मिलाएको छ।

हालसम्म करिब २,२०० सीमा प्रवेश पास वितरण भइसकेको जनाइएको छ। शे–फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङछेन गुरुङका अनुसार चीनको सिगात्चे काउन्टीअन्तर्गत डोङ्बा प्रान्तसँगको समन्वयपछि मिति तय गरिएको हो।

गत वर्षजस्तै यसपटक पनि चिनियाँ व्यापारीहरूले अस्थायी पाल टाँगेर लत्ताकपडा, दैनिक उपभोग्य वस्तु, मेसिनरी सामग्रीलगायतका सामानहरू बिक्रीमा ल्याउने छन्। डोल्पावासीले सस्तो सामानका लागि प्रत्येक वर्ष चीन जानुपर्ने बाध्यता रहेको छ। नेपाली बजारमा सामान ल्याउन अत्यधिक ढुवानी खर्च लाग्ने भएकाले सस्तो मूल्यमा सामान जोहो गर्न उपल्लो डोल्पावासीले चिनियाँ बजार रोज्ने गरेका हुन्।

यद्यपि, नेपालको तर्फबाट भने चीनतर्फ पठाइने व्यावसायिक उत्पादनको अभाव देखिएको छ। यार्सागुम्बा मात्र यस्तो सामग्री हो, जुन डोल्पाली व्यापारीहरूले चिनियाँ बजारमा बिक्री गर्छन्। हाल राम्रो गुणस्तरको यार्सागुम्बा प्रतिकिलो ३० लाख रुपैयाँसम्म पर्न थालेको व्यापारीहरू बताउँछन्।

मोरिम्ला नाका अस्थायी प्रकृतिको खुला नाका हो, जसमा नाका खुल्दा व्यापारिक मेला झैँ वातावरण बनिन्छ। तर, उपल्लो डोल्पा अझैसम्म राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुँदा पैदल यात्रा र खच्चड–चौरीबाट सामान ओसार्ने अवस्थाले स्थानीयको दैनिकी कष्टकर बनाएको छ।

डोल्पाको शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्का ताङसोङ गाउँपालिका चीन नजिक रहेका स्थानीय तह हुन्, जसले प्रत्यक्ष व्यापारिक लाभ उठाउँदै आएका छन्। तर, चीनसँगको निर्भरता र नेपालबाट हुने आयातभन्दा निर्यात न्यून हुँदा सन्तुलित व्यापार कायम गर्न कठिन हुँदै गएको स्थानीयहरूको भनाइ छ।