८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग

मन्त्रिपरिषद् बैठकः स्काउटसम्बन्धी विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत, यस्ता छन् अन्य निर्णयहरु

मन्त्रिपरिषद् बैठकः स्काउटसम्बन्धी विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत, यस्ता छन् अन्य निर्णयहरु
अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले नेपाल स्काउटसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गरेको छ ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । बैठकका निर्णय सार्वजिनक आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङ तीन महिना अवधिको लागि मधेस प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको पनि जानकारी दिनुभयो ।

उहाँकाअनुसार नेपाल विद्युत प्राधिकरणलाई सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका र बाह्रविसे नगरपालिकामा बलेफी कोरिडोर १३२ के. भि. प्रशारण लाइन आयोजना निर्माणका लागि राष्ट्रिय वनको ९८ हजार ७ सय ५७ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय पनि भएको छ । बैठकले विद्युत ट्रान्समिसन तथा वितरण आयोजना कार्यान्वयनका लागि ओपेक फण्ड फर इन्टरनेशनल डेभलपमेण्ट (ओफिड) बाट प्राप्त हुने १०० मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने निर्णय भएको पनि सरकारका प्रवक्ता गुरुङले बताउनु भयो ।

यस्ता छन् बुधवारको मन्त्रिपरिषद् बैठकका बाँकी निर्णयहरु
१. २०८२ साउन १८ गते मलेसियामा आयोजना हुने नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको चौथो अधिवेशनमा प्रमुख अतिथिको रूपमा सहभागी हुन कोशी प्रदेशका प्रदेश प्रमुख माननीय परशुराम खापुङलाई स्वीकृति प्रदान गर्ने ।
२. जापानको टोकियोमा २०८२ भदौ ९ देखि १३ गतेसम्म आयोजना हुने एशिया प्यासिफिक ग्रुप अन मनी लाउण्डरिङमा ७ सदस्यीय प्रतिनिधिमण्डल तथा चिनको मकाउमा २०८२ भदौ १८ देखि १९ गतेसम्म आयोजना हुने फ्याक्टफ्रिज एप ज्वाइन्ट ग्रुप फस टु फेस मिटिङमा ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरी सहभागी हुन सचिव श्री फणीन्द्र गौतमलाई स्वीकृति प्रदान गर्ने ।
३. २०८२ साउन १३ देखि १५ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने केयर फर साउथ एशिया प्रोजेक्ट कम्प्लेसन एण्ड डिस्मिनेशन वर्कशप सम्बन्धी कार्यक्रममा सचिव श्री गोविन्दबहादुर कार्कीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

४. सासेक विद्युत ट्रान्समिसन तथा वितरण आयोजना कार्यान्वयनका लागि ओपेक फन्ड फर इन्टरनेशनल डेभलपमेन्ट (ओफिड) बाट नेपाल सरकारलाई प्राप्त हुने १०० मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने ।
५. २०८२ साउन १२ र १३ गते जापानको ओसाकामा आयोजना हुने नेपाल दिवस कार्यक्रममा सहभागी हुन सचिव डा. रामप्रसाद घिमिरेलाई स्वीकृति दिने ।
६. श्री लोकमान्य गोल्छा, काठमाडौं (हाल नेपालका लागि पोल्याण्डका अवैतनिक महावाणिज्यदूत) लाई पोल्याण्ड सरकारबाट प्रदान गरिने अफिसियर क्रस अफ द अर्डर अफ मेरिट पदक ग्रहण गर्न स्वीकृति दिने ।
७. रुकुम (पूर्वी भाग) जिल्लाको सदरमुकाम सिस्ने गाउँपालिकाको वडा नं ५ र ६ मा पर्ने रुकुमकोट तोक्ने ।
८. नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने ।
९. नेपाल सरकारको नाममा दर्ता रहेको रुपन्देही जिल्ला साविक सिलौटिया गाउँ विकास समिति वडा नं. ६ को सरकारी प्रकृतिको ०–९–० बिघा जग्गा प्रशासकीय भवन निर्माणका लागि मर्चवारी गाउँपालिका, रुपन्देहीलाई उपयोग गर्न स्वीकृति दिने ।
१०. नेपाल सरकारको नाममा दर्ता रहेको महोत्तरी जिल्ला साविक औरही गाउँ विकास समिति वडा नं. ५ को ०–१५–१० बिघा जग्गा प्रशासकीय भवन निर्माणको लागि औरही नगरपालिका, महोत्तरीलाई उपयोग गर्न स्वीकृति दिने ।
११. नेपाल स्काउटसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने ।
१२. नेपाल विद्युत प्राधिकरणलाई सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका र बाह्रविसे नगरपालिकामा बलेफी कोरिडोर १३२ के. भि. प्रसारण लाइन आयोजना निर्माणका लागि राष्ट्रिय वनको ९,८७५७ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने ।
१३. लालुपाते हाईड्रोपावर कम्पनी प्रा. लि. लाई मनाङ जिल्लाको नासो गाउँपालिकामा रहेको दाना खोला जलविद्युत आयोजना निर्माणका लागि राष्ट्रिय वनको ४.८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने ।