१ भाद्र २०८३, सोमबार
,
Latest
सरकारको निरङ्कुशताविरुद्ध सडकमा उत्रिन विद्यार्थी संगठनहरुलाई एमाले सांसद बरालको आह्वान पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति संसदमा एमालेको आपत्ति विद्युतमा भ्याट लगाएर सरकारले जनतालाई सास्ती दिएको सीके राउतको आरोप विद्युतमा लगाइएको भ्याट र महशुल वृद्धिको विरोध गर्दै उज्यालो नेपाल पार्टीद्वारा आन्दोलनको घोषणा पूर्वाधार विकास मन्त्री लम्सालको स्वास्थ्यमा सुधार, चिकित्सकद्वारा पाँच दिन आराम गर्न सुझाव भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार आज घोषणा हुँदै काभ्रेपलाञ्चोकमा जिप दुई दुर्घटनामा दुईको मृत्यु, तीन जना गम्भीर घाइते बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा घोषणा जलविद्युत क्षेत्रमा देखिँदै आएको ‘लाइसेन्स राज’को अन्त्य गर्छौंः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिपक्षी बेन्चबाट उपेन्द्रको प्रश्नः भूमाफियालाई जग्गा प्रदान गरी वन फडानी गर्ने सरकारको कस्तो नीति हो ?



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेशलाई मरुभूमिकरण हुन नदिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै अध्यक्ष उपेन्द्र यादवले मधेशको सिंचाई र खानेपानी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले मधेश प्रदेशमा डिप बोरिङ र विद्युतीय सिंचाई प्रणालीको व्यवस्था गर्न समेत सरकारसँग माग गर्नुभयो । उहाँले मधेशको खोनपानीको समस्या विगत वर्षहरुमा समेत राख्दै आएको पनि सरकार गम्भीर नहुँदा संकट उत्पन्न भएको बताउनु भयो । उहाँले मधेशमा घट्दै गएको पानीको सतह कर्म गर्न तत्काल काम थाल्न पनि माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘एकातर्फ सरकारले सगरमाथा संवाद सम्पनन गरेको छ । अर्कोतर्फ वन फडानी गर्ने र भूमाफियालाई जग्गा प्रदान गर्नेगरी, वन बिनास गर्नेगरी कानून पनि ल्याउँदैछ । यो कस्तो नीति हामी अंगाल्दैछौं ।’

उहाँले मधेस प्रदेशको सुक्खा क्षेत्रमा २४सै घण्टा विद्युत आपूर्ति गर्न समेत सरकारसँग माग गर्नुभयो । उहाँले चुरे संरक्षण गरी मधेसमा भइरहेको मरुभूमिकरण रोक्न समेत सरकारको ध्यानाकर्षण गराउनु भयो ।




भर्खरै