१२ श्रावण २०८३, मंगलवार
,
Latest
युवती मृत फेला, माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग भारतले धौलीगङ्गा बाँध खोल्ने भएकाले महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह विदेशमा शाखा विस्तार गर्दै नेपाली रेष्टुरेन्ट लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त कर्णाली मुख्यमन्त्रीमा नेता शाही नियुक्त एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर उद्योगी शेखर गोल्छा १ करोड धरौटीमा रिहा कर्णालीको मुख्यमन्त्री पदमा नेता शाहीको दाबी पेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

निवर्तमान मन्त्री गुप्तासँग अख्तियारले सोधपुछ गर्दै



अ+ अ-

काठमाडौँ । घुस प्रकरणमा मुछिएर राजीनामा दिएका निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मंगलबार सोधपुछ थालेको छ ।

अनुसन्धान अधिकृतको टोलीले घुस अडियोबारे गुप्तासँग सोधपुछ गर्नका उनको अनुसन्धानका थप केही प्रक्रिया अघि बढाउने भएको हो ।

उनको अडियोको नमुना परीक्षण गर्ने अख्तियारको योजना छ । स्रोतका अनुसार, मंगलबार मात्रै उनको अडियो रेकर्ड गरी सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियोसँग त्यसको परीक्षण गरिनेछ ।

गतसाता कास्कीका प्रमुख मालपोत अधिकृतको सरुवावारे विचौलिया भनिएका एक व्यक्ति र मन्त्री गुप्ताबीचको संवाद बाहिरिएको थियो । उक्त प्रकरणपछि चौतर्फी दवाव झेलेका उनले राजिनामा दिएका थिए ।