२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन News Polar नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल News Polar तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारकाे निर्णय News Polar थापाले बन्द सत्र समापनमा घोषणा गर्दै भने : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन News Polar खगेन्द्र सुनारले भने– ‘ममाथि लागेका सबै आरोपको निष्पक्ष छानबिन गरियोस्’ News Polar निर्वाचन प्रहरीको पोशाक खरिदबारे राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर अध्ययन गर्छौँ : ओली News Polar प्रहरीको पोशाक खरिद अध्ययन उपसमितिले पारित गर्‍यो १९ बुँदे कार्यविधि News Polar कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

साउनको सोमबार देवघाटमा ३५ हजार भक्तजनको आगमन

साउनको सोमबार देवघाटमा ३५ हजार भक्तजनको आगमन
अ अ+ अ-

दमौली, (तनहुँ) । साउनको पहिलो सोमबार तनहुँको देवघाटमा ३५ हजार भक्तजन स्नान तथा पूजाअर्चनाका लागि आएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको साउनको पहिलो सोमबारको तुलनामा बढी रहेको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

अघिल्लो वर्षको पहिलो सोमबार २५ हजार भक्तजन आएकामा यस वर्ष ३५ हजार भक्तजन बोलबम मेला भर्न आएका समितिका कार्यकारी निर्देशक सदन बरालले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार देवघाटमा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनको घुइँचो लागेको हो ।

साउनमा त्रिशूली र कालीगण्डकी नदीको बहाव बढ्ने हुँदा मेलामा स्नान गर्न आउने भक्तजनको सुरक्षाका लागि तनहुँ र चितवनतर्फ सुरक्षा सतर्कता बढाइएको बरालले बताउनुभयो । नदी किनारमा बिजुली बत्तीको प्रबन्ध गर्ने, नदीमा स्नान गर्ने भक्तजनको सुरक्षाका लागि डोरीसहितको दुई वटा डुङ्गाको व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी, मेलाअघि प्रत्येक आइतबार र मेला पछि प्रत्येक मङ्गलबार वेणी सङ्गममा सरसफाइ गर्ने पनि बरालले बताउनुभयो । मेलामा आउने भक्तजनको सुरक्षाका लागि साउन महिनाभर इलाका प्रहरी कार्यालय देवघाटमा प्रहरी जनशक्ति थप गरिएको छ ।

चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थल देवघाटमा साउनको सोमबार हरेक वर्ष उत्सवका रूपमा मनाइने बोलबम मेलामा देशविदेशबाट हजारौँ भक्तजन आउने गर्छन् । साउने सोमबार देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष शिवराज पौडेलले बताउनुभयो ।

पाल्पाका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

पाल्पाका प्रसिद्ध धाम तथा शिव मन्दिरमा पूजाआजा एवं दर्शन गर्ने श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । सोमबार बिहानै ४ बजेदेखि तानसेनको नारायणस्थान, तिनाउको दोभान सिद्धबाबा मन्दिर, बगनासकालीको बराङ्दीस्थित महामृत्युञ्जय शिवासन, सिद्धबाबा धाम तानसेनको ठुटेपीपल बद्रेश्वर शिवालय, बतासेडाँडा, प्रभास, नारायणस्थान, दमकडा, रामपुरलगायतका शिवालय मन्दिरमा भगवान् शिवको पूजाआजा गर्ने भक्तजनको घुइँचो लागेको हो ।

तानसेनको नारायणस्थान मन्दिरमा यस वर्षदेखि स्नान गर्न कालीगण्डकीको पानी मन्दिर परिसरको पोखरीमा व्यवस्था गरिएकाले पनि भक्तजनको भीड बढेको नारायण युवा क्लबका अध्यक्ष प्रविनराज शाक्यले बताउनुभयो । उहाँका अनुसार क्लबको सहकार्यमा यही साउन १ गतेदेखि यहाँको १०८ गौमुखे धारा भक्तजनका लागि खुला गरिएको छ ।

कालीगण्डकी नदीको पवित्र जल प्रयोग गरी भक्तजनलाई स्नानको व्यवस्था मिलाइएको  अध्यक्ष शाक्यले बताउनुभयो । उहाँका अनुसार साउन महिनाभरी भक्तजनको घुइँचो लाग्ने भएकाले तानसेन खानेपानी उपभोक्ता समितिसँग सहकार्य गरी कालीगण्डकीको पानीको व्यवस्था गरिएको हो ।

अध्यक्ष शाक्यले भन्नुभयो, “सबै भक्तजनलाई स्नान गर्न कालीगण्डकी जान समय नहुन सक्छ, उहाँहरूका लागि हामीले लिफ्टिङ प्रविधिमार्फत ल्याइएको कालीगण्डकीको पवित्र जललाई १०८ धारामा जडान गरेका छौँ । अब यहाँ स्नान गर्दा भक्तजनले कालीगण्डकीमा स्नान गरेसरह पुण्य प्राप्त गर्ने विश्वास छ ।”

विगतमा मन्दिरमा आएर पूजा गर्ने र स्नानका लागि कालीगण्डकी नदीमा जानुपर्ने बाध्यताको यस वर्षदेखि अन्त्य गरिएकाले नारायणस्थानमा भक्तजनको भीड लागेको क्लबका संस्थापक अध्यक्ष हिमालदत्त श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै सिद्धपुरुष भर्तृहरिको तपोभूमि तथा आदिमानव रामपिथेकसको विचरण स्थलका रूपमा परिचित सिद्धबाबा पुरातात्विक, धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण भएकाले यहाँ श्रद्धालुको अलि बढी घुइँचो लागेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

यहाँ पाल्पासहित रूपन्देही, नवलपरासी, कपिलवस्तुबाट श्रद्धालु आएका छन् । यस्तै पहिलो सोमबारका अवसरमा बगनासकालीको बराङ्दीस्थित महामृत्युञ्जय शिवासनमा पनि पूजाआजा र दर्शन गर्नेको घुइँचो लागेको थियो । रासस