२३ श्रावण २०८३, शनिबार
,
Latest
टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन चार क्विन्टल गाँजासहित चार जना पक्राउ मुलुक गम्भीर संकटमा छ, विकल्पका रूपमा राप्रपा बलियो हुनुपर्छः अध्यक्ष लिङदेन संसदको जवाफ सञ्जालबाट, ‘अन-लाइन’ छोडेर लाइनमा जनता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त बनेका सञ्चारकर्मी ‘रन्जित पौडेल’ (भिडियोसहित)



अ+ अ-

मोडल तथा संचारकर्मी रन्जित पौडेल पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त बन्दै आएका छन। छोटो समयमानै दर्शक श्रोताहरुको मन जित्न सफल मोडल रन्जित अहिले सबैको रोजाईमा पर्दै आएका चल्तीका मोडल हुन । सर्लाहीका स्थाई बासिन्दा मोडल तथा संचारकर्मी रन्जित पौडेल बिगत केहि बर्ष देखि काठमाडौँलाइ कर्मथलो बनाएर संचार क्षेत्र तथा मोडलिङ क्षेत्रमा स्थापित हुदै आएका मोडल तथा संचारकर्मी हुन । सानै उमेर देखि कला तथा संचार क्षेत्रमा काम गर्दै आएका मोडल रन्जित पौडेल एक बहु प्रतिभाका धनि कलाकारको रुपमा परिचित छन।

बिगत ४ बर्ष देखि टेलिभिजनमा भिजे तथा प्रोडुसरको भूमिका निर्बाह गर्दै आएका संचारकर्मी तथा मोडल रन्जित ईण्डियामा समेत गएर अभिनयको क्लास लिएर आइ सिने नगरीमा आफुलाई अब्बल साबित गर्दैछन। नेपालको राष्ट्रिय नाच घर बाट समेत अभिनय क्षेत्रमा प्रशिक्षण लिएका रन्जितले लामो समय देखि विभिन्न टेलिभिजन तथा रेडियोमा आर्जे भिजेको काम गर्दै आएका छन।
 
दुइ दर्जन भन्दा बढी म्युजिक भिडियोमा सफल अभिनय गरेर आफ्नो कला प्रस्तुत गरि सकेका रन्जित हेर्दा पनि त्यतिकै आकर्षण छन । हसिलो मुहार, चक्लेटी अनुहार भएका रन्जित अभिनय, नृत्यमा समेत पोख्त छन। भविष्यमा एक अब्बल कलाकार बनेर चलचित्र तथा सिने नगरीमा आफुलाई परिचित गराउने उदेश्यका साथ अघि बढेका मोडल रन्जित पौडेल एक सफल संचारकर्मीको रुपमा पनि चर्चित नाम हो । ब्यबसायिक मोडल तथा संचारकर्मीको रुपमा आफुलाई अघि बढाउने सोच लिएर मेहनत गर्दै गरेका रन्जित आफुलाई समय अनुसार बदल्दै दर्शक श्रोताहरुको माग अनुसार आफ्नो कलाकारितालाइ पनि उत्कृष्ट बनाउने सोच लिएर संचार तथा मोडलिङ क्षेत्रमा लागेको बताउछन ।

भिडियोका लागि यहाँ क्लिक गर्नुहोस्