८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको दैनिक काममा मन्त्रालयले हस्तक्षेप गर्दैनः मन्त्री पन्त

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको दैनिक काममा मन्त्रालयले हस्तक्षेप गर्दैनः मन्त्री पन्त
अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको दैनिक गतिविधिहरुमा मन्त्रालयले हस्तक्षेप नगर्ने बताउनुभएको छ ।

सिंहदरबारमा आईतवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । समितिमा आज  राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथिको दफावार छलफल भएको थियो । जसक्रममा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै मन्त्री पन्तले प्रयोगशालाका डे टु डे काममा मन्त्रालयले कुनै हस्तक्षेप नगर्ने बताउनु भयो । प्रयोगशालाको लगानी सबै सरकारले गर्ने र नेपाल सरकारसँग सम्बन्धित विभिन्न निकायहरुको काम पनि यसले गर्ने बताउनु भयो । सात प्रदेशमै यसको संरचना बनाउने प्रश्ताव रहेको भएपनि रातारात यसको संरचना बनाउन भने नसकिने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘यसको डे टु डे फंग्सनमा मन्त्रालयले कुनै भुमिका खेल्दैन । हस्तक्षेप गर्दैन । तर यसको लगानी सबै नेपाल सरकारले गर्ने हो । नेपाल सरकारसँग सम्बन्धित विभिन्न निकायहरुका काम पनि यसले गर्छ । विधेयकमा प्रश्तुत भएको कुरा ठिक छ । यसको संरचना रातारात बन्दैन । हामीले संरचना त लगेका छौँ सातै प्रदेशमा । यसको महंगो संरचना हुन्छ । त्यसका लागि समय लाग्छ ।’

समितिको बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद वेदुराम भुसालले प्रयोगशालाले नै आफूले काम गर्ने भन्ने नाममा खुला छोड्न भने नहुने बताउनु भयो । उहाँले तोकिए बमोजिम हुने भन्नेकुराहरु राख्दा कार्यकारी व्यक्तिले आफू अनुकुल निर्णय गर्ने अवस्था आउन दिनु नहुने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘खुला छोड्ने कुरा अबको समयमा हुँदैन । पहिलाको राणाकालीन पालादेखि गरि आएको तोकिए बमोजिम गर्ने, आफूलाई के मन लाग्छ पछि कार्यकारीले गर्ने अवस्था अब छैन । अहिले हामीले जति पनि ऐन बनाइरहेका छौँ । ति सबै ऐनमा यसै किसिमले गएका छौँ । ’

समितिको बैठकमा सांसदहरुले भविष्यको अनुसन्धानमा तुलनात्मक अध्ययन पर्नसक्नेकुरालाई मध्यनजर गरेर विधेयक अघि बढाउनुपर्ने बताउनु भयो । नयाँ प्रविधि र विधिहरुबाट पुरानो अभिलेखहरुको संरक्षण गर्न अति आवश्यक हुने धारणा राख्नुभयो ।