८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा

एमाले पोलिटब्युरोः उमेरहद, दुई वर्षे कार्यकाल र भण्डारीको सदस्यता नविकरणबारे बहस

एमाले पोलिटब्युरोः उमेरहद, दुई वर्षे कार्यकाल र भण्डारीको सदस्यता नविकरणबारे बहस
अ+ अ-

काठमाडौँ । नेकपा एमाले पोलिटब्युरो बैठकमा ७० वर्षे उमेरहद र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सदस्यता नविकरण गर्नुभएको कुरामा नेताहरुले आफ्ना धारणा राखेका छन् ।

शनिवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा जारी बैठकमा पार्टी विधानमा उल्लेख भएका विषय अतिरिक्त ७० वर्षे उमेरहद, दुई वर्षे कार्यकाल र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सदस्यता नविकरण गर्नुभएको कुरामा आफ्ना धारणाहरु केन्द्रित गरेका हुन् ।

सञ्चारकर्मीहरुस्ँग कुरा गर्दै प्रचार विभाग प्रमुअ राजेन्द्र गौतमले अहिलेसम्म ३२ जना स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यहरुले आफ्ना धारणा राख्नुभएको जानकारी दिनुभयो ।

उहाँकाअनुसार अब ४० जनाले धारणा राखेपछि बैठक आजै समापन गरिनेछ । पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक आजै सक्न रुलिङ गर्नुभएको र त्यसैअनुसार नेताहरुले धारणा राख्ने काम जारी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बैठक आज जारी छ । अहिलेसम्म विधानको संशोधन प्रश्तावमा आधारित भएर पार्टीका स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरुले आफ्नो राय राख्ने काम जारी छ । अहिलेसम्म ३२ जना पोलिटब्युरो र स्थायी कमिटीका सदस्यले आफ्नो राय राख्नुभएको छ । पार्टी अध्यक्षले रुलिङ गर्नुभएअनुसार आजै बैठक समापन गरिँदैछ । बोल्न बाँकी झन्डै ४० जना हुनुहुन्छ ।

आजको बैठकमा पार्टीका नेताहरुले पार्टी विधानमा उल्लेख भएका विषय अतिरिक्त ७० वर्ष उमेरहद, दई वर्षे कार्यकाल, सम्माननीय पूर्वराष्ट्रपतिले राजनीतिमा प्रवेश गर्नुभएको कुरा, उहाँको सदस्यता नविकरण लगायतका विषयहरु प्रश्तुत भएका छन् । जिल्ला कमिटीलाई समन्वय बनाउने कुरा, प्रदेश कमिटी र स्थानीय कमिटीलाई कार्यकारी बनाउने कुरा जस्ता महत्वपूर्ण सुझावहरु आएका छन् ।’

प्रचार विभाग प्रमुख गौतमकाअनुसार नेताहरुले जिल्ला कमिटीलाई समन्वय बनाउने, प्रदेश कमिटी र स्थानीय कमिटीलाई कार्यकारी बनाउनुपर्ने सुझाव दिएका छन् ।