८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा

‘वनकरियालाई स्थानान्तरण गर्ने तयारीमा सरकार’

‘वनकरियालाई स्थानान्तरण गर्ने तयारीमा सरकार’
अ+ अ-

काठमाडौँ । करिव तीन दशकअघिसम्म जङ्गलमै फिरन्ते जीवन बिताइरहेको वनकरिया समुदाय अहिले मकवानपुरको मनहरी गाउँपालिका–४ स्थित मुसेधाप खोलाको किनारमा बसोवास गर्दै आएको छ । नेपाल सरकारले २०६२ साल चैत २८ गते उनीहरूलाई कबुलियती वनको ९ हेक्टर जमिन २० वर्षका लागि उपयोग गर्न दिने कागजात प्रदान गरेको थियो ।

म्याद २०८२ चैत २८ गते सकिन लागेको अवस्थामा, समुदाय फेरि आफ्नै थलोबाट विस्थापित हुने डरले त्रसीत बनेको छ । यसैबीच भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीका लागि नेपाल सरकार अन्तर्गत भूमि समस्या समाधान आयोगले ३५ दिने सूचना जारी गर्दै दोस्रोपटक जेठ २९ गते ३५ दिने सूचना जारीगरी निवेदन पेश गर्न आह्वान गरेको थियो । सोहीअनुसार वनकरिया समुदायले पनि आफू बसेको भूमिको लालपूर्जा माग गर्दै आयोगमा निवेदन दिएको छ । मुसेधापस्थित बस्ती संरक्षित क्षेत्रभित्र पर्ने भएकाले आयोगले त्यहाँ लालपूर्जा वितरण गर्न नसक्ने स्पष्ट पारेको छ ।

आयोगकाअनुसार संरक्षित क्षेत्रलाई राज्यले विशेष व्यवस्थामा राख्ने भएकाले त्यहाँ स्वामित्व अधिकार दिन सम्भव नरहेको भूमि समस्या समाधान आयोग मकवानपुरका अध्यक्ष बलराम बल बताउनु हुन्छ । अध्यक्ष बलले सरकार समुदायलाई वैकल्पिक स्थानमा स्थानान्तरण गरी जग्गा उपलब्ध गराउने तयारीमा रहेको जानकारी दिनुभयो ।

तर समुदायले आफू पुस्तौँदेखि बस्दै आएको ठाउँ नछोड्ने अडान लिएपछि समस्या थप पेचिलो बनेको छ । स्थानीय सन्तमाया वनकरियाकाअनुसार उनीहरूले विगत दुई दशकदेखि सोही स्थानमा बसोवास गर्दै आएका छन् । पुस्तौंदेखि बस्दै आएको स्थान कुनैपनि हालतमा आफूहरु छोड्न तयार नभएको उनको भनाई छ ।

हाल मुसेधापस्थित वनकरिया बस्तीमा २३ घरधुरीमा ९३ जना बसोबास गरिरहेका छन् । वागमती प्रदेश सरकारको लगानीमा केही आवास निर्माण गरिए पनि समुदाय अझै पनि शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारीलगायतका आधारभुत सुविधाबाट वञ्चित छ । यहाँका अधिकांश बालबालिकाले विद्यालय जान पाएका छैनन् । कतिपयले एसईई उत्तिर्ण गरे पनि रोजगारीका अभावले गिट्टी, बालुवा, ढुङ्गा बोक्ने काम गर्न बाध्य छन् ।

बीचमै पढाइ छाड्ने, कम उमेरमा काममा जानु र बालविवाह हुनु समुदायको अझ थप समस्याको रुपमा रहेको छ । नेपालका १० लोपोन्मुख जातिमध्ये पर्ने वनकरिया समुदायको जीवनस्तर उकास्न सरकारबाट केही प्रयासहरू भए पनि तिनको प्रभावकारिता भने कमजोर देखिएको छ । सरकारबाट उनीहरूलाई सामाजिक सुरक्षाभत्ता दिइँदै आएको भएपनि समुदायका लागि लालपुर्जा र जीवनको आधार हुने रोजगारीको अवसर दिन सरकारले नसकेको देखिन्छ । सरकारले भूमिहीन र सुकुम्वासीका लागि कानूनी रूपमा प्रक्रिया अगाडि बढाइरहेको भएपनि संरक्षित क्षेत्रभित्र लालपूर्जा वितरण गर्ने कानूनी व्यवस्था नहुनु र समुदायले स्थानान्तरण अस्वीकार गर्नुले यो समस्या झनै जटिल बनाएको छ ।