२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेभित्र विधि निर्माणको अन्योल अन्त्य भयोः महासचिव पोखरेल



फाइल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र विधि निर्माणको अन्योल अन्त्य भएको बताउनुभएको छ।

सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक अभिव्यक्तिमा पोखरेलले ‘मिसन ८४’ का लागि आवश्यक बलियो नेतृत्व र एकताबद्ध पार्टी सुनिश्चित भइसकेको उल्लेख गर्नुभएको छ । बिहीबार पार्टी सचिवालय बैठकले दुई कार्यकालको हदम्याद र ७० वर्षे उमेर हद हटाउने प्रस्ताव पास गरेपछि वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष बन्ने बाटो खुलेको छ । सोही प्रति सङ्केत गर्दै पोखरेलको यो प्रतिक्रिया आएको हो ।

‘विधि निर्माणको अन्योल अन्त्य भएको छ, मिसन ८४ का लागि बलियो नेतृत्व र एकताबद्ध पार्टी आवश्यक थियो, त्यो सुनिश्चित भएको छ,’ पोखरेलले फेसबुकमा लेख्नु भएको छ ।

एमालेले साउन १ गतेदेखि विधान अधिवेशन प्रक्रियामा प्रवेश गरेको छ। त्यसलाई दृष्टिगत गर्दै पोखरेलको टिप्पणी आएको हो। पछिल्ला दिनहरूमा पार्टीभित्र पदाधिकारीको भूमिका, सांगठनिक संरचना र भविष्यको रणनीतिबारे आन्तरिक छलफल तीव्र बनेको थियो।

महासचिव पोखरेलले विधान निर्माणसँग जोडिएको अन्योल अन्त्य गर्दै पार्टी अब आगामी निर्वाचन लक्षित रणनीतिमा केन्द्रित हुँदै गएको सङ्केत गर्नु भएको छ ।

नेकपा एमालेले २०८४ सालको निर्वाचनलाई ‘मिसन ८४’ नाम दिएर विशेष तयारी थालेको छ। त्यस सन्दर्भमा पोखरेलले नेतृत्व र एकतामाथि दिएको जोड पार्टीभित्र सहमतिको वातावरण बनेको सङ्केतका रूपमा लिइएको छ।