३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

उर्जा मन्त्रालयमा दीपक खड्काको एक वर्षः ६३१ मेगावाट विद्युत उत्पादन वृद्धि



अ+ अ-

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मन्त्रालय सम्हालेको वर्षदिन पुगेको अवसरमा आफूले गरेका कामहरुको विवरण सावर्जनिक गर्नुभएको छ ।

बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री खड्काले २०८१ असार ३१ गते बनेको वर्तमान सरकारको सहकारी मन्त्रीमा नियुक्त भए यता मन्त्रालयमार्फत भएका कामहरुको विवरण सार्वजनिक गर्नुभएको हो । आफ्नो एक वर्षे कार्यकालमा उर्जा, प्रशारण लाइनको र सिंचाईको क्षेत्रमा उल्लेख्य प्रगति गरेको दाबी गर्नुभएको छ ।

उहाँले सिँचाईतर्फ ८५ प्रतिशत भन्दा बढी कार्यसम्पादन गरेको उल्लेख गर्दै  समग्र मन्त्रालयको प्रगति ७८.१७ प्रतिशत प्रगति हासिल जिकिर गर्नुभयो । मन्त्री खड्काकाअनुसार १ बर्षको अवधीमा ६३१ मेगावाट विद्युत उत्पादन बढाएर  विद्युत जडित क्षमता ३८ सय ७८ मेगावाट पुगेको छ । उहाँले सन् २०३५ सम्ममा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गरी उर्जा विकास र विस्तार तथा समृद्धिको सपना पुरा गर्न कार्ययोजना समेत सार्वजनिक गरिएको बताउनु भयो ।

मन्त्री खड्काले १५ हजार मेगावाट विजुली भारत र वंगलादेशलाई नियार्त गर्ने सम्झौता भइसकेको उल्लेख गर्दै १३ हजार ५ सय मेगावाट विद्यत स्वदेशमै खपत गरिने लक्ष्य लिइएको उल्लेख गर्नुभयो । उहाँले बंगलादेशसँग ४० मेगावाट विद्युत बिक्री सम्झौता गरी ५ महिनामा १ अर्ब २५ करोड भन्दा बढी आम्दानीको सुनिश्चितता भएको बताउनु भयो ।

उहाँले हाल ८५० मेगावाट विद्युत निर्यात भइरहेको दाबी गर्नुभयो । मन्त्री खड्काले नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, जलस्रोत विधेयक, विद्युत विधेयक संसदमा विचारिधन रहेको उल्लेख गर्दै सिंचाई र नदी व्यवस्थापन विधेयकको मस्यौदा समेत तयार भएको बताउनु भयो ।

उहाँले निजी क्षेत्रको समेत सहभागितामा आन्तरिक तथा अन्तरदेशीय विद्युत व्यापार सम्बन्धी कार्य गराउन आवश्यक नीतिगत तथा नियमनकारी व्यवस्था सम्बन्धमा विस्तृत अध्ययन गर्न समिति गठन गरी कार्य अगाडि बढाइएको पनि बताउनु भयो ।