५ पुष २०८२, शनिबार
,
Latest
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक सूचकांक सकारात्मक भए, गर्नुपर्ने काम धेरै छन् : प्रधानमन्त्री



अ+ अ-

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको एक वर्षमा आर्थिक सूचकांकहरु सकारात्मक देखिएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रिय आयोजनाहरुको कामले गति लिएको दाबी गर्नुभयो । गत वर्षको असार २९ गते ओली प्रधानमन्त्री बन्नुभएको थियो ।

ओली सरकार गठन भएको एक वर्ष पूरा भइसकेको छ । संविधान संशोधन, भ्रष्टाचार नियन्त्रण, सेवा सहज गर्नेलगायतका प्रतिबद्धता जनाउँदै कांग्रेस र एमाले नेतृत्वको सरकार गठन भएको थियो ।

उहाँले नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्वपूर्ण कानुन संशोधन भएको र क्रमैसँगै अनलाइनबाट काम गर्ने प्रचलन बढ्दै गएको बताउनुभयो ।

प्रधानमन्त्रीले सरकारले गर्नुपर्ने काम अझै धेरै रहेको पनि बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ–

हामी सरकारमा आएको एक वर्ष पुग्दै छ । यस बीचमा मुलुकको आर्थिक सूचकांकहरु सकारात्मक देखिएका छन् भने विकासका राष्ट्रिय आयोजनाहरुको कामले गति लिएको छ । टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन यसअघि थिएन, अहिले त्यो सुरुवात भएको छ । नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्वपूर्ण कानुनहरु संशोधन भएका छन् र तिनले क्रमैसँग लाइन होइन अनलाइनबाट काम गर्ने प्रचलन बढ्दै छ । गर्नुपर्ने धेरै कामहरू छन्, सरकारको ध्यान त्यसैमा केन्द्रित छ ।

सबैमा नमन, सबैलाई धन्यवाद !