२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुनै खेल नहारिकन उपाधि जित्दा धेरै खुशी छौँः विपिन शर्मा



अ+ अ-

काठमाडौँ । एसिसी पुरुष यु—१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ ।

आईतवार राति त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै टोली स्वदेश फर्किएको हो । शनिवार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।

यसअघि नेपालले सन् २०१७, २०१९, २०२३ मा उपाधि जितेको थियो । स्वदेश फर्किएसँगै विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यु १६ का कप्तान विपिनप्रसाद शर्माले कुनैपनि खेल नहारिकन उपाधि जित्न पाउँदा खुशी लागेको बताए । उनले यसअघि नै धेरै खेल खेलिसकेको र त्यसले अनुभव बटुल्न मद्दत गरेको बताए । परिणामतः खेल जित्न सम्भव भएको बताए ।

यु १६ का प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले  नेपाली टिम राम्रो रहेको र धेरै टिमको जानकारी रहँदा आफूहरुलाई सहज भएको बताए । प्रत्येक खेललाई महत्वपूर्ण मानेर खेलेको बताए । नेपालले अझै पनि ब्याटिङ सुधार गर्नुपर्ने जरुरी रहेको बताए । फाइनलमा राम्रो खेल्नुपर्ने हुँदाहुँदै चुक्न पुगेको बताए ।