३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्रको आज ७९ औं जन्मोत्सव, निर्मल निवासमा पुगेर शुभकामना दिन सकिने



अ+ अ-

काठमाडौं । राजावादीहरुले पूर्वराजा ज्ञानेन्द्र शाहको ७९ औं जन्मोत्सव आज विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । राजावादीहरुले देशभर दीप प्रज्वलन गरेर पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सव मनाउने भएका हुन् ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले यसअघि नै शुभेच्छुक जनसमुदाय र विभिन्न संघ-संस्थाहरूलाई पूर्वराजाको जन्मोत्सवको देशभर दिन दीप प्रज्ज्वलनलगायत कार्यक्रमहरू आयोजना गर्न समर्थकलाई आग्रह गरिसकेका छन् ।

जन्मोत्सवका अवसरमा आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवासमा पूर्वराजासमक्ष शुभकामना तथा अभिवादन चढाउन सकिने कार्यक्रम रहेको छ ।

संयुक्त जनआन्दोलन समितिले राजा र जनता मिलेर राष्ट्र जोगाएको इतिहासलाई स्मरण गर्दै जन्मोत्सव मनाउन लागिएको बताइएको छ ।