४ पुष २०८२, शुक्रबार
,
Latest
तीनदिने ‘आइडियाएक्स ह्याकाथन’ सुरु लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बायर्नलाई हराउँदै पिएसजी क्लब विश्वकपको सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) क्लब विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको क्वाटरफाइनल खेलमा जर्मन क्लब बायर्न म्युनिखलाई २–० गोलले हराउँदै पिएसजीले सेमिफाइनलमा स्थान बनाएको हो । पिएसजीको जितमा खेलको ७८ औं मिनेटमा डिजायर डोउले तथा इन्जुरी समयमा ओस्माने डेम्बेलेले गोल गरे ।

खेलको ८२ औं मिनेटमा पिएसजीका विलियन पाचो र ९०+२ औं मिनेटमा लुकास हर्नान्डेजले रातो कार्ड खाएका थिए ।

पिएसजीले अब सेमिफाइनलमा रियल मड्रिडको सामना गर्नेछ ।