१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर

नागरिकता बहस: काग्रेस नेता रिजाल भन्छन् ”गलत भयो” , धनराज भन्छन् ”ठिक छ” । पार्टीको लाईन के हो ?

नागरिकता बहस: काग्रेस नेता रिजाल भन्छन् ”गलत भयो” , धनराज भन्छन् ”ठिक छ” । पार्टीको लाईन के हो ?
अ अ+ अ-

नेपाली कांग्रेसका सांसदहरु अंगीकृत नागरिकताका विषयमा मण्डलेवादी राष्ट्रवाद भन्दै राष्ट्रियशभाको बैठकमा सरकारको चर्को आलोचन गरिरहेका बेला समाजिक संञ्जालमा भने नेपाली कांग्रेसका प्रभावशाली नेताहरु भने पक्ष बिपक्षीमा जुहारी खेल्दै थिए । नयाँ राजनीतिक नक्साका बारेमा सरकारको साथमा रहेको अभिब्यक्ति दिएर चर्चामा आउनु भएका केन्द्रिय सदस्य मिनेन्द्र रिजालले ५८ वर्ष अघिदेखि कायम रहेको नागरिकता ऐन संविधान विपरीत हुनेगरी सामान्य बहुमतले संसोधन गराउने कम्यूनिष्ट पार्टीको निर्णयले गलत नजिर स्थापित गर्ने भन्दै समाजिक संञ्जालमा आक्रोश पोख्नु भयो ।

उहाले लेख्नुभयो- ''भविष्यमा यसले नागरिकता ऐनलाई समर्थनको शर्त र सरकार परिवर्तनसँगै फेरिने ऐन बनाउँछ। देशकालागी यो अहितकारी बाटो हो, बेलैमा होस पुर्याऔ । '' डा .रिजालका टुईटलाई काउन्टर दिदै अर्का प्रभावशाली केन्द्रिय सदस्य धनराज गुरुङ्गले भने- ''भारतीय पुरुषसँग बिहे गरेर जाने नेपाली चेलीले भारतीय नागरिकताका लागि ७ वर्ष कुर्नु पर्दा नेपाल–भारत संबन्ध नबिग्रिने तर नेपाली पुरुषसँग बिहे गरेर आउने बिदेशी बुहारीका लागि नेपाली नागरिकता प्राप्त गर्न ७ वर्षे प्राब्धानले नेपाल–भारतको संबन्ध बिग्रने ? हाँस्यास्पद तर्क नगरौं।'' भन्दै टुईट गर्नुभयो । यी दुईवटा भनाई प्रतिनिधी भनाई मात्र हुन ।

नागरिकताको बिषयमा नेपाली काग्रेस संसदिय दल र केन्द्रिय समितिले एकै खालको निर्णय गर्न नसक्दा पार्टीका नेताहरुले आ–आफनो तवरबाट धारणाहरु सार्बजनिक गर्दे आईरहेका छन् । जसका कारण काग्रेसका कार्यकर्ताहरु अन्योलमा रहेका छन् ।