१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानले भन्यो – अमेरिकाको आक्रमणको जवाफ दिनेछौँ



अ+ अ-

एजेन्सी । इजरायल र इरानबीच जारी द्वन्द्वको आज १० औं दिन हो । अमेरिकास्थित मानव अधिकारकर्मी समाचार एजेन्सीका अनुसार जुन १३ देखि इरानमा ६५७ जनाको मृत्यु भएको छ भने २००० भन्दा बढी घाइते भएका छन् ।

यद्यपि, इरानको स्वास्थ्य मन्त्रालयले ४३० जना सर्वसाधारणको मात्र मृत्यु भएको र ३,५०० जना घाइते भएको पुष्टि गरेको छ । अर्कोतर्फ, इजरायलमा जुन २१ सम्म २४ जनाको मृत्यु भएको छ भने ९०० भन्दा बढी घाइते भएका छन् ।

यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराक्चीले अमेरिकाले शक्ति र धम्कीको भाषा मात्र बुझेको बताउँदै अन्तर्राष्ट्रिय कानूनको वास्ता नगरेको आरोप लगाए ।

इरानमाथि आक्रमण गरेर अमेरिकाले आफ्नो उद्देश्यमा सफल हुन नसके पनि यस आक्रमणलाई बेवास्ता गर्ने नगर्ने चेतावनी दिउँदै उनले यसको जवाफ दिने बताए ।

अराक्चीले भने कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई मात्र धोका दिएका छैनन् तर आफ्नै देशका जनतालाई पनि धोका दिएका छन् ।

इरानले पहिले पनि पश्चिमी देशहरूलाई विश्वास नगरेको जनाउँदै अब उनीहरूलाई विश्वास नगर्ने कारण बढेको बताए ।