११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

स्थानीय सरकारको सञ्चार नीतिसम्बन्धी अन्तरक्रिया सम्पन्न

स्थानीय सरकारको सञ्चार नीतिसम्बन्धी अन्तरक्रिया सम्पन्न
अ अ+ अ-

काठमाडौँ। बूढानीलकण्ठ नगरपालिकामा आज स्थानीय सरकारको सञ्चार नीतिसम्बन्धी ‘मेयरसँग पत्रकार महासङ्घ’ विषयक अन्तरक्रिया गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिको आयोजना तथा बूढानीलकण्ठ नगरपालिकाको समन्वयमा आयोजित सो अन्तरक्रियामा स्थानीय सरकारले सूचना र सञ्चारका क्षेत्रमा गरिरहेको अभ्यासका विषयमा छलफल गरिएको थियो ।

नगर प्रमुख मीठाराम अधिकारीले पत्रकारहरुले आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विगतको तुलनामा हाल विकास निर्माणसहित विभिन्न क्षेत्रमा सुधार भएको उल्लेख गर्दै मिडियाले समाचार प्रसारण प्रकाशन गर्दा पहिले र अहिलेको परिवर्तनलाई तुलना गरेर सकारात्मक सूचना प्रवाह गर्न आवश्यक रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालले सञ्चारसम्बन्धी नीति निर्माण गर्दा संविधानको मर्म र भावनाविपरीत हुन नहुने बताउनुभयो । नगरपालिकाकी उपप्रमुख अनिता लामाले मिडियाले कसैलाई पनि देवत्वकरण नगरी सत्य सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले स्थानीय सरकार पारदर्शी, सञ्चारमैत्री र विकासमैत्री हुन आवश्यक रहेको धारणा राख्नुभयो । महासङ्घ उपत्यका प्रदेश समितिका अध्यक्ष टेनिस रोकाले स्थानीय सरकारले नीति बनाएर भ्रामक सूचना सचेतनासम्बन्धी कार्यक्रम, सूचनाको हकको कार्यान्वयनलगायतका कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो ।

कार्यक्रमका सहभागीले स्थानीय सरकारले मिडिया नीति बनाएर अघि बढ्नुपर्ने, स्थानीय तहका काम कारबाही पारदर्शी र सेवाग्राहीमुखी हुुनुपर्ने, सञ्चार नीति बनाउँदा स्थानीय मिडियालाई प्राथमिकता दिनुपर्नेलगायतका सुझाव दिए । रासस