काठमाडौं । राप्रपाले अवरुद्ध हुँदै गर्दा जबरजस्ती संसद सञ्चालन गरेका दिनको बैठक भत्ता नलिने भएको छ ।
राप्रपाका सचेतक ज्ञानबहादुर शाहीले संसद सचिवालयका महासचिवलाई एक पत्र लेख्दै उक्त बैठकबाट प्राप्त हुने भत्ता नलिने निर्णय राप्रपाको संसदीय दलले गरेकोले उक्त भत्ता राजस्वमा फिर्ता पठाइदिन अनुरोध गर्नुभएको छ ।
असार १ गते बसेको प्रतिनिधि सभाको बैठक भिजिट भिसा प्रकरणमा अवरुद्ध हुँदै गर्दा संसद सञ्चालन भएको थियो । सो बैठक राप्रपाले बहिष्कार गरेको थियो।
तस्बिरः किरणराज विष्ट-रासस











