७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रगतिशील तथा पेशागत कानुन व्यवसायीको नयाँ नेतृत्व चयन, अध्यक्षमा अमर थापा निर्वाचित



अ+ अ-

काठमाडौं । प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनको अध्यक्षमा अमर थापा निर्वाचित भएका छन् । थापा २५६ मत ल्याएर निर्वाचित भएका हुन् । प्रतिस्पर्धी ओमप्रसाद थपलियालाई ४३ मतले पराजित भए । थपलियाले २१३ मत पाए ।

यस्तै महिला उपाध्यक्षमा यसोदादेवी खरेल निर्वाचित भइन् । उनले अर्की प्रतिस्पर्धी हिमा देवी बस्नेतलाई १५३ मत अन्तरले हराइन् । खरेलले ३०५ मत पाएर निर्वाचित हुँदा बस्नेतको पक्षमा १५२ मत परेको छ ।

खुला उपाध्यक्षमा भिसेन बन्जारा निर्विरोध निर्वाचित भएका छन् ।

महासचिव पदमा भुवनप्रसाद निरौला निर्वाचित भएका छन् । उनले १६३ मत पाए । महासचिव पदमा निरौलाका निकटतम प्रतिस्पर्धी शिव अर्यालले ११६ मत पाए । अन्य प्रतिस्पर्धीहरुमा देवीप्रसाद भट्टराईले ८३ र शान्तिराम खतिवडाले २७ मत पाए ।

उपमहासचिव पदमा बाबुराम राई २१७ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी सहकुल खत्रीले ११८ मत पाए । अर्का प्रत्यासी अनन्तराज लुइँटेलले ११२ मत पाए ।

सचिव पदमा युवक कुमार गौतम र मुकुन्द प्रसाद अधिकारी निर्वाचित भए । गौतम १३९ मत पाएर सचिव चुनिएका हुन् । अधिकारी र हरिप्रसाद मैनालीको बराबर १३१ मत आएपछि गोलाप्रथाबाट अधिकारी सचिव चुनिए ।

कोषाध्यक्ष पदमा कुमारप्रसाद घिमिरे २९२ मतसहित निर्वाचित भए ।