२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

असार १६ गते मङ्गलवार, यी राशिहुनेहरुको आजको दिन एकदमै राम्रो ! हेर्नुहोस् तपाईको राशिफल



अ+ अ-

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ): आज साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ): आज टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । दैनिक कार्यमा प्रगति नै हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ): धार्मिक यात्राको योगछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ): शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । अलझिएका समस्या सुल्झाउन सकिनेछ । घरमा अतिथीको आगमन हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ): बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ): विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । सुखद् यात्राको योग छ । नयाँ कामको थालनी हुनेछ । मनोरञ्जनमा सहभागी भइएला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ): नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कृषि कार्य अघी बढ्नेछ । काम गर्ने जोश जाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ): आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ): आज अनावश्यक यात्रा हुनेछ । कार्य सम्पादनमा समस्यापनि आउला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ): सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । दैनिक कार्यमा सफलता पाईनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ): आज अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । यात्रामा मालसामान हराउन सक्छ । हाम्रो पात्रो