२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेडिसिटी अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण



अ+ अ-

काठमाडौँ। ललितपुरको भैसीपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण सफलतापूर्वक गरिएको छ ।

आज अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण सफलतापूर्वक गरिएको कलेजो प्रत्यारोपण सर्जन डा रामबाबु साहले जानकारी दिनुभयो ।

अस्पतालले पोखरा निवासी ५६ वर्षीया इश्वरबहादुर कार्कीको कलेजो प्रत्यारोपण गरिएको हो । उहाँलाई उहाँका २६ वर्षीय छोरा आयुष कार्कीले कलेजो दान गर्नुभएको थियो । भारतको  परोपकारी अस्पताल अमृता अस्पतालसँगको सहकार्यमा अस्पतालले यही जेठ ८ गते कलेजो प्रत्यारोपण सफलतापूर्वक गरेको हो । कलेजो प्रत्यारोपण सर्जन डा साहले कलेजो प्रत्यारोपण गर्न झण्डै १३ घण्टा लागेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष डा उपेन्द्र महतोले अस्पतालसँग मल्टिडिसिप्लिनरी टोली भएका कारण कलेजो जस्तो जटिल शल्यक्रिया सम्भव भएको बताउनुभयो । “हामीले नेपालीहरु उपचारका लागि विदेश जान नपरुन् भन्ने उद्देश्यले कलेजो प्रत्यारोपण सेवा सुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “अस्पतालको जनशक्तिलाई नै बलियो बनाई जस्तोसुकै जटिल स्वास्थ्य समस्यामा पनि सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने कोसिसमा रहेका छौँ ।” उहाँले नेपाललाई स्वास्थ्यको ‘हब’ बनाउनका अस्पतालले विदेशका नागरिकको पनि उपचार गरिरहेको जानकारी दिनुभयो ।

कलेजो दाता आयुषले अङ्गदान गरेर बुवालाई बचाएको भन्दै सवैलाई अङ्गदान गर्न आग्रह गर्नुभयो । उहाँले उपचारका लागि दुईपटक भारत गएको तर त्यहाँको उपचार सेवा भरपर्दो नभएपछि मेडिसिटी अस्पतालमा आएर उपचार गरेको बताउनुभयो ।

अस्पतालका वरिष्ठ कन्सल्ट्यान्ट प्रा डा उमिदकुमार श्रेष्ठका बिरामीको कलेजो तथा मिर्गौला दुवै बिग्रिसकेकाले कलेजो प्रत्यारोपण गरिएको बताउनुभयो । उहाँले बिरामीको कलेजोकै कारण मिर्गौला खराब भएकाले हाल बिरामीको मिर्गौलामा पनि सुधार भइरहेको बताउनुभयो ।

अस्पतालले कलेजो प्रत्यारोपणसँगै विभिन्न अङ्गको पनि प्रत्यारोपण गर्दै आइरहेको छ । अस्पतालमा हालसम्म ४५ जनाको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भइसकेको छ भने ५०० जनाभन्दा बढीको हिप तथा जोर्नी प्रत्यारोपण भइसकेको छ । रासस