६ श्रावण २०८३, बुधबार
,
Latest
भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको अहमदाबाद विमानस्थल नजिकै विमान दुर्घटना



अ+ अ-

एजेन्सी । भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै विमान दुर्घटना भएको छ ।

बिहीबार दिउँसो अहमदाबादको मेघानीनगर क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यम इन्डिया टुडेले जनाएको छ ।

अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७-८ ड्रीमलाइनर विमान उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भएको हो ।

विमानमा २४२ यात्रु सवार थिए । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।

घटनास्थल वरीपरी बाक्लो कालो धुवाँ देखिएको छ । दुर्घटनापछि सातवटा दमकल सहित आपतकालीन सेवाहरू घटनास्थलमा पुगेको इन्डिया टुडेले जनाएको छ ।