५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको अहमदाबाद विमानस्थल नजिकै विमान दुर्घटना



अ+ अ-

एजेन्सी । भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै विमान दुर्घटना भएको छ ।

बिहीबार दिउँसो अहमदाबादको मेघानीनगर क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यम इन्डिया टुडेले जनाएको छ ।

अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७-८ ड्रीमलाइनर विमान उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भएको हो ।

विमानमा २४२ यात्रु सवार थिए । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।

घटनास्थल वरीपरी बाक्लो कालो धुवाँ देखिएको छ । दुर्घटनापछि सातवटा दमकल सहित आपतकालीन सेवाहरू घटनास्थलमा पुगेको इन्डिया टुडेले जनाएको छ ।