११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

नेपाललाई अस्थिर बनाइराख्न चाहने शक्तिकेन्द्रहरुले अझै अस्थिरता सिर्जना गराइरहेका छन्ः सांसद भट्टराई

नेपाललाई अस्थिर बनाइराख्न चाहने शक्तिकेन्द्रहरुले अझै अस्थिरता सिर्जना गराइरहेका छन्ः सांसद भट्टराई
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद गोपाल भट्टराईले मुलुकमा प्रतिगामीहरुको चहलपहल कायम रहेको बताउनुभएको छ ।

सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले नेपाललाई अस्थिर बनाइराख्न चाहने शक्तिकेन्द्रहरु अझैपनि अस्थिरता सिर्जना गरिरहने पक्षमा रहेको बताउनुभएको हो ।

उहाँले प्रतिगामी शक्तिहरुको आडमा लडखडाउँदै भएपनि प्रदर्शनलाई जीवित राख्ने मनस्थितिमा रहेपनि जनसहभागिता कमजोर भएसँगै असफल हुँदै गएको दाबी गर्नुभयो । जसरी गिरिबन्धु, यति, ओम्नी लगायतमा भ्रष्टाचारका कुराहरु आएको धेरै वर्ष भइसकेको भन्दै सांसद भट्टराईले त्यस अवधिमा सबैको सरकार बनेपनि त्यसको छिनोफानो गर्ने निकायहरुलाई जिम्मा दिने भन्दै प्रश्न गर्नुभयो ।

उहाँले जनतालाई भ्रममा पार्ने र लोकतन्त्रवादी शक्तिहरु नै एकअर्काप्रति हिलो छ्यापाछ्याप गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । सांसद भट्टराईले लोकतन्त्रले केही दिएन भन्ने सन्देश प्रवाह गर्नेतर्फ भन्दा पनि प्राप्त उपलब्धीहरु जनतासम्म पु¥याउने गरी काम गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले देशमा प्रतिगामीहरुको सलबलाहट कायमै छ । अर्कोतर्फ प्रतिनिधिसभा अबरुद्ध छ । प्रतिगामीहरु पूर्वराजाको आडमा राजसंस्था पुर्नस्थापनाको कुरा गरिरहेका छन् । सुरुमै हिंसात्मक गतिविधि शुरु गरे । तोडफोड गरे, हत्यासमेतमा उत्रिए । जनस्तरबाट व्यापक विरोध भएपछि शान्तिपूर्ण प्रदर्शन शुरु गरे । र त्यो पनि जनसहभागिता कमजोर भइरहेको अवस्थामा र असफल भइरहेको छ । तरपनि नेपाललाई अस्थिर बनाइराख्न चाहने शक्तिकेन्द्रहरु अझैपनि अस्थिरता सिर्जना गरिरहने पक्षमा छन् । त्यसैको आडमा लडखडाउँदै भएपनि प्रदर्शनलाई जीवित राख्ने मनस्थितिमा छन् । यसै अवधिमा संसदको बजेट अधिवेशन शुरु भएको छ । हामी अधिवेशनमा छौं । प्रतिपक्षका माननीयज्युहरुले प्रतिनिधि सभा अवरुद्ध गर्नुभएको छ । गृह मन्त्रालय अन्तर्गतको कर्मचारीले भ्रष्टाचार ग¥यो त्यसैले गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने माग छ । गृहमन्त्रीलाई कुनै आरोप लागेको छैन उजुरी पनि छैन भने राजीनामा माग्नु जायज हो र ? यदि छानविन गर्दैजाँदा गृहमन्त्रीसम्म पुग्यो भने उहाँ बच्नुहुन्न । बरु दोषीमाथिको छानविन प्रभावकारी होस् भन्ने कुरामा सरकार र सम्बन्धित पक्षलाई सचेत गराउनुपर्दछ । उता शिक्षा विधेयक असार १५ गतेसम्म पारित गर्नुपर्नेछ । शिक्षकहरुसँग सम्झौता भएको छ । अरु विधेयकहरु अगाडि बढाउनुपर्नेछ ।

मूल कुरा १५ गते प्रस्तुत भएको बजेट प्रतिनिधिसभामा छलफल अगाडि बढ्न सकेको छैन । बजेट र आर्थिक विधेयकहरु समयमा पारित भएनन् भने देश ठप्प हुन्छ । अझ अचम्म लाग्दो कुरा के छ भने अदालतले एउटा कसैलाई सजायँ तोक्छ केपी ओलीले ग¥यो । अदालतले सजायँ माफी गर्छ केपी ओलीले ग¥यो । अख्तियारले कुनै कारबाही अगाडि बढायो केपी ओलीले ग¥यो । यस्तो सुन्दा अदालत, संवैधानिक निकायहरु सबै केपी ओलीकै कब्जामा छन् कि जसरी अभिव्यक्तिहरु आउने गरेका छन् । अहिले संसारका निर्वाचित सरकार प्रमुखहरुमा अमेरिकी राष्ट्रपति बढी पावरफुल देखिन्छन् उनलाई पनि बेला बेलामा अदालतले नियन्त्रण गर्दछ भने नेपालमा त्यस्तो सम्भव छ र ? अर्का विषयहरु गिरिबन्धु, यति, ओम्नी आदि यिनी कुराहरु आएका त धेरै वर्ष भइसके । भ्रष्टाचार हुन् भने सरकारहरु त सबैका बने त्यो छिनोफानो गर्ने निकायहरु छन् त्यतातिर लाग्ने कि सार्वजनिक खपतका लागि मात्र कुरा उठाउने ? यस्ता कुराले कहिँ पुगिँदैन । अहिले नेपाली जनताले के कुरा ठीक हो र के कुरा बेठीक हो भनेर छुट्याउनसक्ने अवस्था छैन । त्यसैकारण जनतालाई भ्रमित गर्ने र आन्दोलनकारी शक्तिहरु, लोकतन्त्रवादी शक्तिहरु नै एकअर्काप्रति हिलो छ्यापाछ्याप गरेर भ्रममा पार्ने जुन कामहरु भैरहेको छ त्यसबाट हामी पछि हटौं । अब अगाडिका कामहरु प्रतिगमनलाई निस्तेज पार्ने र लोकतन्त्रलाई स्थापित गरिराख्नेतर्फ छलफल गर्नु अहिलेको आवश्यकता हो । यस्तो हिलो छ्यापाछ्याले लोकतन्त्रले केही दिएन भन्ने सन्देश प्रवाह नगरौं, उपलब्धिहरु जनतासम्म लैजाउँ भन्ने आग्रह गर्दछु ।’

उहाँले गृह मन्त्रालयअन्तर्गतको एउटा कर्मचारीले भ्रष्टाचार ग¥यो भन्दैमा कुनै आरोपबिना गृहमन्त्रीको राजीनामा माग्नु जायज नभएको टिप्पणी गर्नुभयो ।