५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसलाई बलियो बनाउन जरुरी छ : सभापति देउवा



file photo
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसलाई बलियो बनाउन जरुरी रहेको बताउनुभएको छ ।

आईतवार भक्तपुरमा शहीद राधेश्याम जोन्छेको १३ औं पुण्यतिथिमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले जोन्छेको जीवनीबाट प्रेरणा लिएर काँग्रेसलाई बलियो बनाउनुपर्ने बताउनु भयो । उहाँले शहीद जोन्छेको बारेमा अझै धेरै पुस्तकहरु लेखेर जनमानसमा पु¥याउनुपर्ने बताउनु भयो । उहाँको प्रेरणाबाट युवाहरुले धेरै कुराहरु सिक्न सक्ने जिकिर गर्नुभयो । आफूले मन्त्री बनाउन चाहेको भएपनि बनाउन नसकेकोप्रति दुःख व्यक्त गर्नुभयो ।

सभापति देउवाले भन्नुभयो, ‘उहाँका सम्बन्धमा हामीले अझै केही किताव लेख्नुछ । देशभर नै उहाँको प्रचार गर्नुछ । भोलिका युवाले उहाँको प्रेरणाबाट धेरै कुरा सिक्न सक्छन् । उहाँका धेरै कामहरुको चचर्चा गर्न जरुरी छ । म त अझ मन्त्री बनाउन चाहन्थेँ उहाँलाई । उहाँले राम्रो काम गर्नुभएको छ । उहाँकाप्रति सम्मान मात्रै गर्ने होइन, उहाँको उदारताबाट प्रेरणा लिएर हाम्रो पार्टीलाई बलियो बनाउनु पर्छ ।’

सभापति देउवाले शहीद जोन्छेको जीवनीबाट प्रेरणा लिन जरुरी रहेको बताउनु भयो ।