एजेन्सी । आइपीएल २०२५ को समापन भएको छ । १७ सिजनदेखि ट्रफी जित्न नसकेको रोयल च्यालेन्जर्स बैंगलोरले फाइनलमा पञ्जाब किंग्सलाई हराएर पहिलो उपाधि जित्यो ।
७३ दिने प्रतियोगितामा ७४ खेल खेलिएका थिए, जसमा ३० उत्कृष्ट क्षणहरू देखिएका थिए ।
फाइनल जितेपछि आरसीबीका स्टार ब्याट्सम्यान विराट कोहलीको आँखा आँसुले भरिएको थियो । उनी आफ्नी श्रीमती अनुष्का शर्मालाई अँगालो हाल्दै रोए ।
कोहलीले आरसीबीका पूर्व खेलाडी एबी डिभिलियर्स र क्रिस गेलसँग विजयको उत्सव मनाए ।
अहमदाबादको नरेन्द्र मोदी रंगशालामा खेलिएको फाइनलमा आरसीबीले पञ्जाबलाई ६ रनले पराजित गर्दै पहिलोपटक उपाधि चुम्यो । टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीले २० ओभरमा नौ विकेट गुमाएर १९० रन बनायो ।
जवाफमा पञ्जाबले सात विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो । आरसीबी आईपीएल च्याम्पियन बन्ने आठौं टोली हो ।
यसअघि राजस्थान रोयल्स, चेन्नई सुपर किंग्स, डेक्कन चार्जर्स, मुम्बई इन्डियन्स, गुजरात टाइटन्स, कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद टोली च्याम्पियन बनिसकेका छन् ।










