५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाले रोक्यो नेपालसहित विश्वभर विद्यार्थी भिसा अन्तर्वार्ता



अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले विश्वभरका अमेरिकी दूतावास र कन्सुलर सेक्सनहरूलाई विद्यार्थी भिसा (एफ, एम, र जे) अन्तर्वार्ता तालिका बन्द गर्न निर्देशन दिएको छ । सामाजिक सञ्जाल प्रोफाइलको कडा जाँच गर्ने योजनाअन्तर्गत विद्यार्थी भिसा अन्तर्वाता तालिका बन्द गर्न निर्देशन दिइएको हो ।

अमेरिकाले यहूदी–विरोधी भावना फैलाउने वा राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्न सक्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई रोक्ने लक्ष्य राखेर यस्तो निर्णय गरिएको जनाएको छ । अर्को निर्देशन नआएसम्म नयाँ अन्तर्वार्ता तालिका नथप्न भनिएको छ । पहिले नै निर्धारित अन्तर्वार्ता भने जारी रहनेछन् ।

विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले भिसा प्रक्रियामा ढिलाइबारे टिप्पणी गर्न अस्वीकार गर्दै प्रवेश जाँचलाई गम्भीरतापूर्वक लिइने बताएकी छन् । विदेशमन्त्री मार्को रुबियोले गत हप्ता भिसालाई ‘विशेषाधिकार’ भन्दै क्याम्पसमा बाधा पुर्‍याउने विद्यार्थीको भिसा खारेज गर्ने चेतावनी दिएका थिए । यो कदम हार्वर्ड विश्वविद्यालयमाथि विदेशी विद्यार्थी भर्ना रोक्ने गृह सुरक्षा विभागको प्रयासपछि आएको हो, जुन शुक्रबार अदालतले रोकिदिएको थियो ।

ट्रम्प प्रशासनले हार्वर्डसँगको १० करोड डलरको सम्झौता रद्द गर्ने र अनुदान ट्रेड स्कुलमा स्थानान्तरण गर्ने योजना बनाएको छ । यस नीतिले नेपाली विद्यार्थीहरूलाई पनि असर गर्ने देखिएको छ । अमेरिकामा उच्च शिक्षा अध्ययनका लागि हजारौँ नेपाली जाने गरेका छन् । अमेरिकाले विश्वभरबाट वार्षिक १० लाखभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी स्वीकार गर्छ ।




भर्खरै